बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • कृषि जेटिए पढेर तरकारी खेतिमा २४ बर्षिय मार्तडीका युवा हिक्मत

कृषि जेटिए पढेर तरकारी खेतिमा २४ बर्षिय मार्तडीका युवा हिक्मत

  • शनिबार, साउन १०, २०७७
कृषि जेटिए पढेर तरकारी खेतिमा २४ बर्षिय मार्तडीका युवा हिक्मत

बडिमालिका नगरपालिका ८ बस्ने हिक्मत रावलको कृषि जेटिए पढेर जाखिर खाने सोच थियो । उनले एसएलसी पास गरेर धनगढी कृषि जेटिए पढन गए । १८ महिना कृषि जेटिए पढेर उनि गाँउ फर्किए ।
जागरिका लागि धेरै गुहार गरे कतै जागिर पाँउन सकेन् । जागिर खोजिरहँदा उनले सोच परिवर्तन गरे । कृषि जेटिए पढेर जागिर खाने सोच हिक्मतको एकाएक परिवर्तन गरे । उनले कृषि जेटिए पढे, अब आफ्नै खेतमा तरकारी खेती गर्ने योजना बनाए । सदरुमकाम मार्तडी नजिकै त्रिबेणी लघुजलबिधुक्तको नहरको क्षेउमै तरकारी खेती गर्न शुरु गरे । शुरु शुरुमा उनलाई अलि अफ्ठयारो भएपनि अहिले उनि भने तरकारी खेति बाट निकै सन्तृष्टि रहेका छन् ।


२४ बर्षिय हिक्मत रावल अब जागिर भन्दा पनि कृषिमा लागनी गर्नुपर्छ भन्ने योजनामा अघि बढेका छन् । उनि मौसमि तथा बेमौसमि दुबै तरकारी फलाउने गरेका छन् । तरकारीको बजारमा पनि राम्रो पाएका छन्, सदरमुकाम मार्तडी नजिकै भएकाले पनि बजारको चिन्ता नभएको बताँउछन् । अहिले उनि मासिक २५ हजार जति कमाइ रहेका छन् । जागिर गरेपनि बढिमा यतिनै कमाउथे होला, त्यो भन्दा तरकारी खेति बाट राम्रो आम्दानी भएको बताँउछन् । आफै बारिमा लगानी काम छ, यसैमा स्वाभिमान रहेको हिक्मतले थपे ।


हिक्मतका ६ जना परिवार रहेका छन् । परिवारको खर्च कटाएर पैशा पनि बचत गर्ने गरेका छन् । हिक्मत भन्छन्, पढन पनि कृषि जेटिए पढे, पढेको पनि ब्यवहारमा लागु गरेको बताँउछन् । शुरुशूरुमा त गाँउघरका पढेर जागिर गर्नु भन्दा किन तरकारी खेतीमा लागेको हो भन्थे, तर अहिले भने सबैले आफुलाई स्याबसि दिने गरेको बताँउछन् ।


हिक्मत अहिले गाँउकै नमुना युवा कृषकका रुपमा पहिचान बन्न सफल समेत भएका छन् । अरु युवालाई पनि प्रेरणाका स्रोत बन्न गएको बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्ट बताँउछन् । पढेर जागिर खानु पर्छ भन्न मानसिकता हिक्मत बाट हटेर उनि कृषि पेशालाई आफ्नो ब्यवसायको आधार बनेर लागेको बिष्टले वताईन् ।


हिक्मतको बारिमा नै तरकारी किन्न जाने गरेका छन् । ताजा तरकारी पाँउछ भनेर उनकै तरकारी बारीमा पुग्ने गर्छन्, बडिमालिका नगरपालिका ८ का अध्यक्ष प्रकाश रावलले वताएका छन् । थोरै वडाको सहयोग हो, तर हिक्मतले सोचे भन्दा राम्रो काम गरेको अध्यक्ष रावलले वताए । धेरैलाई कृषि अनुदान दिने गरेका छौ, तर कोही कामनै नगरी खाने चलन छ, तर हिक्मत भने राम्रो प्रगति गरेको उनले वताए ।
हिक्मत भन्छन्, आफु अरु युवाहरुलाई पनि कृषिमा लाग्ने आग्रह गर्छन्, मलाइ पनि शुरु शुरुमा पढेर आइयो, जागिरनै खानु पर्छ भन्ने लाग्थ्यो, अहिले त सहि गरेको रहेछु भन्ने लागेको बताँउछन् । पढेको ब्यवहारमा लागु भएको महसुस पनि भएको हिक्मतले वताए ।

चर्चामा

सम्बन्धित समाचार