सविन पौडेल संसार बदल्नु छ सुरुवात आफै बाट गर्न पर्छ। २०३३ सालमा स्थापना भएको क्याम्पस कहिले जमल , कहिले त्रिपुरेश्वर त कहिले डिल्लीबजार हुदै २०७२ को महां भुकम्पले बल्खु सरायो। जमल/त्रिपुरेश्वर/डिल्लीबजार तिरको त्यो क्याम्पसको अबस्थाको बारेमा सुन्दा पनि कहाली लाग्छ, विभिन्न अबस्था परिस्थितिहरु संग जुधेर बल्खु पुगेको जन प्रशासन केन्द्रीय बिभाग/क्याम्पसको आफ्नै दुई वटा भवन छन। योगदान दिनुहुने सम्पूर्ण प्रति हार्दिक आभार। क्याम्पसको भौतिक संरचना अब्बल थिए विडम्बना त्यो क्याम्पस सम्म पुग्ने बाटो भने वर्षायाममा ठप्पै हुन्थ्यो। २०७२ साल देखी हरेक बर्ष त्यो बाटो बनाउने शिर्षकमा २०७६ साल सम्म प्रत्येक वर्ष दश/दश लाख रकम निकाशा गरिएको रै छ तर बाटो कहिलै बनेन। पटक पटक शिक्षक, कर्मचारी, विद्यार्थी हिलो बाटोमा चिप्लीएर लड्ने गरेको थियो। क्याम्पस प्रमुख हरि भक्त शाहीको त त्यही बाटोको कारण एउटा हात राम्रोसंग चल्न सक्दैन पनि। २०७५ साल फागुन तिर आदारणीय दाई धर्मराज तिमिल्सीना र हामीहरु संगै क्याम्पस भर्ना भएका थियौं।पहिलो देख चाही कक्षा कोठा भित्र भएको थियो। हामी development management को शिक्षकको पर्खाइमा बसेका थियौं। कक्षामा धर्मराज दाई छिर्नु भयो, हाम्रो बेन्चमा बसेका ४ जना साथीले शिक्षक होला भन्ने सोच्यौ तर उहाँ पछाडी खाली बेन्चमा गएर बस्नु भयो। हेरिरह्यौ हामीले, उहाँ शिक्षक हैन रैछ, हास्यौ। हेर्दा पनि अरु भन्दा भिन्नै लाग्ने आदारणीय दाई जब विद्यार्थी को कुनै समस्या पर्छ पहिलो रोजाईमा पर्नुहुन्छ। हरेक बिद्यार्थीको मनमनमा बस्न सफल हुनुहुन्छ दाई।।
एक दिन विहान ६:१५ मा पहिलो पिरेड पढाई सुरु हुन्थ्यो त्यो दिन सहप्रध्यापक हरि प्रसाद अधिकारी सरको public finance थियो। पानी परिरहेको थियो हिलाम्य बाटो हिड्दै गर्दा म चिप्लिए, त्यतै बाट फर्किए, २ जना केटीहरु जान सकिदैन भनेर फर्केकि थिइन तर धर्मराज दाई चाही माथि सिडीमा उभिएर भन्दै हुनुहुन्थ्यो, “यो बाटो बनाउन लगाउन पर्यो। ” हामी फर्किदै गर्दा उहाँ क्याम्पस प्रमुखको कार्यकक्ष तिर जादै हुनुहुन्थ्यो। केही समय पछि बाटो ग्राबेल गराउनु भएछ।। हामीलाई निकै सहज भयो, फेसबुकमा स्टाटस पनि राख्नु भएको रहेछ। धेरैले प्रशंसा पनि गरेका छन। मैले भेटेरै पनि हार्दिक धन्यवाद भने, मैले मात्रै हैन धेरै साथीहरूले स्यावासी दिए। बोलेर स्यावास भन्न नसक्ने हरुले पनि मनमनै स्यावास भने होलान, जसले त्यो बाटो बर्षौ देखी हिडिरहेकाछन तिनीहरुले त भगवान नै भेटेको महसुस गरेहोलान।। क्याम्पसले MPA/BPA को syllabus रु ५५ र र१००मा बेच्ने गरेको थियो त्यसका विरुद्ध MPA 1st semester को syllabus आफै टाइप गरि सम्पूर्ण विद्यार्थी हरुलाई उपलब्ध गराएर syllabus व्यापारको विरोध गरिराख्नु भएको थियो। अहिले syllabus निशुल्क उपलब्ध गराएको रहेछ। हामीले १५ हजार तिरेर भर्ना भएका थियौं त्यो फि स्ववियु र नेविसंघ को सहमति मा बढाइएको रैछ। अहिले त्यो फि पनि घटाएर पुरानै कायम गराउनु भएको रैछ। छात्रवृत्ति पनि बढाउनु भएछ। विद्यार्थी बाट IT शीर्षकमा शुल्क उठाउने तर सेवा नदिने गरेको रैछ,त्यहाँ कम्प्यूटर ल्याबराख्न लगाउनु भएछ, लाईब्रेरी दिउसो विहान मात्र खोल्थ्यो बेलुका ७ वजे सम्म खुला रहने व्यवस्था गर्नु भएछ, दिउसो मात्रै खोल्ने लेखा प्रशासन विहान पनि खोल्ने व्यवस्था गर्नु भएछ।। क्याम्पस पुग्ने बाटो निकै हिलाम्य थियो, ढलान गर्नु भएछ , वल्खु-कलंकी जोड्ने सडकमा पनि जेब्रा क्रस राखेर विद्यार्थी लाई बाटो काट्न सहज गर्नु भएछ। लगाएत विद्यार्थीका हर शुख दुखमा साथमा हुनुहुन्छ, साच्चै देशको एक सपुत भविष्य को उदाउदो तारा जन प्रशासन क्याम्पसमा हुनुहुन्छ।
नागार्जुन नगरपालिका १ नम्बर वडामा बस्छु, मैले प्राइवेट जब पनि गर्छु लकडाउनको कारण केही असहज भयो। चामल सकिदै थियो फेसबुकमा सर्च गरे नम्बर भेटे फोन गरे, दाई खाने कुरा सकियो सहयोग गर्न सक्नुहुन्छ कि? सोधे। को बोल्नु भयो भनेर सोध्नु भएन कता बस्नु हुन्छ भनेर सोध्नु भयो। मैले नागार्जुन १ भने। म कीर्तिपुरमा छु,तपाई बस्ने वडापालीकामा सम्पर्क गर्नुस सहज होला भनेर भन्नु भयो। म वडामा गए। राहत वितरण बन्द गरिसकेछ, मेस चलाएको रैछ त्यो पनि आजै बाट बन्द हुदैछ भनेर १ जना वडा सदस्य ले जवाफ दिनुभयो। म फर्किए। बाटोमा हिड्दै फेरी फोन लगाए र सबै कुरा सुनाए। उहाँले वडाध्यक्षलाई भेट्न पठाउनु भयो। फोन गरिदिनु भएछ। वडाध्यक्षले आफ्नो घर नजिकैको पसलमा लगेर २० केजीको चामलको बोरा, दाल, तेल, नुन किनेर दिदै भन्नु भयो “वडाबाट वितरण बन्द गरिसकेको छ के गर्ने त्यो बाजुराको भाईले भनेको बचन काट्न नसकेर मैले पैसा तिरेर किनिदिदैछु।” म राहत लिएर फर्के फोन गरे , उहाँले हेलो भन्नु भएन सर,वडाअध्यक्ष लाई भेट्नु भयो भनेर सोध्नु भयो। मैले धन्यवाद दाई, मेरो माननीय तपाई, राहत भेटे दाई निकै आभारी छु भने। यसरी नभन्नुस धन्यवाद मलाई हैन वडाअध्यक्ष लाई दिनुहोला। समस्या भयो भने भन्नुस् म छु नि , दुख आधा-आधा गर्न पर्छ हस्, ल सुरक्षित रहनुहोला भनेर फोन राख्नु भयो।स्टाटस अपडेट हेरे सायद यतिलामो लकडाउन कोरोना महामारीको सन्त्रास तर उहाँ एक दिन पनि घरमा बसेको देखिदैन, आफ्नो जीउ ज्यानको प्रवाह नगरि अहोरात्र सेवामा खटिराख्नु भएको देखिन्छ। कहिले मानिसलाई गन्तव्य स्थल तिर पठाएको त कहिले राहत वितरण गरि मलम लगाइदिएको।। न रात न दिन यसरी खटिएको पहिलो व्यक्ति देख्दैछु। जसको कुनै स्वार्थ छैन।। कहाँ बाट आउछ यस्तो शक्ति र सहास। सलाम धर्मराज तिमिल्सिना दाई। अनि तपाई संग जोडिएको अनेरास्ववियु लाई पनि।
मेरो उमेर २४ वर्ष भयो आजका दिन सम्म धेरै मानिस भेटिए होलान, कतिपय मिल्ने साथीहरू पनि होलान् तर आमाबुबा आफन्त पनि हुनुहुन्छ तर कुनै समस्या कतैबाट पार लागेन भने भन्न त सक्दिन तर धर्मराज दाई भनेर सम्झिन चाही सम्झिन्छु। कसरी मनमा गडेर बस्दिनु भयो।
सायद मैले जिम्मेवारी दिन मिल्ने भए कुनै एउटा मन्त्रालयको जिम्मेवारी दिने थिए, जसको प्रत्यक्ष प्रभाव जनताले महसूस गर्न सक्ने थिए, अझ सकिन तपाईको अनेरास्ववियूको संयोजक आदारणीय तपाईको दाई ऐन महरको स्थानमा राख्ने थिए, जन प्रशासनको मात्र हैन नेपाल भरिको विद्यार्थी को पहिलो रोजाईमा पर्नु हुने थियो। चिनेको मानिसको पहिलो रोजाईमा पर्नु हुन्छ होला दाई। गर्व लाग्छ नाम मात्र धर्मराज हैन काम पनि उस्तै प्रसंशा योग्य छ। सोच्ने गर्छु कहिले काहीँ धर्मराज दाई जन प्रशासन क्याम्पसको स्ववियु सभापति भैदिएको भए, त्रिविको सीनेट भैदिएको भए, धर्मराज दाई कुनै क्याम्पस/विभाग प्रमुख भैदिएको भए, धर्मराज दाई कुनै संगठन प्रमुख भैदिएको भए, सभासद भैदिएको भए के कति काम गर्नु हुन्थ्यो होला? आफ्नो स्थानीय तह प्रमुख भैदिएको भए, स्थानीय तहलाई कस्तो बनाउनु हुन्थ्यो होला? जिम्मेवार विहिन हुदै गर्दा त क्याम्पस, विश्वविद्यालय, पुर्व-मेचि-पश्चिम-कालीको साथीहरुको सेवामा निसर्त खटिनु भएको देख्छु, अनेरास्ववियु केन्द्रीय सदस्य, नेपाल कम्युनिस्ट पार्टी,नेपाल सरकार, प्रदेश र स्थानीय सरकार ले गर्नु पर्ने काम विना स्वार्थ गरिराख्नु भएको छ। प्रसंग वस दाईको बारेमा कुरा उठेको थियो साथिहरुले तपाईलाई “youth icon ” उपमा दिएका रहेछन।। साथिहरु भन्छन भविष्यको एक भरपर्दो अभिभावक हो उहाँ। साच्चै निस्वार्थ, आफुलाई महत्व नदिई सदैव दोस्रो व्यक्ति को चिन्ता हुन्छ उहाँ लाई, आजको दिनमा पनि यस्तो सहयोगी भावनाको मानिस देख्दा लाग्छ अझै मानवियता हराइसकेको चाही छैन है। देश यिनिहरु जस्तै युवाको हातमा परे सोचे जस्तै बन्छ। युवा हरु विदेशीन पर्दैन। सबै ठिक हुन्छ।
जन प्रशासन क्याम्पस MPhil/ MPA/BPA पढाई हुन्छ। त्यो क्याम्पस मा स्ववियु चुनाव हुने हो र तपाई स्ववियु सभापति को उम्मेदवार उठ्नेहो भने तपाईको प्रतिद्वन्दी हुने छैन। यदि औपचारिकता निभाउन प्रतिद्वन्द्वी कसैले उम्मेदवारी दर्ता गरे पनि निज प्रतिद्वन्द्वी ले पनि भोट तपाई लाई नै हाल्ने छ। किन भने जन प्रशासन क्याम्पस एक बौद्धिक क्याम्पस हो जहाँ धेरैजसो कर्मचारीहरु र कर्मचारी बन्ने लक्ष्य बोकेका विद्यार्थीहरु अध्ययन गर्छन र उनिहरुले के सहि के गलत प्रस्टै छुट्याउन सक्छन, अनी सही व्यक्ति छनौट पनि गर्न सक्छन। प्रलोभनमा परि आफ्नो अमुल्य मत बेच्दैनन् र तपाई प्रति ओइरिएका मत कसैले लाखौं खर्च गरेर पनि रोक्न सक्दैन यो निश्चित कुरा हो।।
यदि मत र तपाईको मुल्य विर्सिने हो भने, विद्यार्थी र क्याम्पसले,
१) ४० औं वर्ष सम्म हुने ४० व्याज लाई पुग्ने गरेर, पछिल्ला पिडीले पनि गर्व गर्ने गरेर तपाईले बनाईदिएको बाटो विर्सिन पर्यो। (पाहीला पाहिलामा आभार)
२) विद्यार्थी बाट अशुल्ने प्रत्येक सेमेस्टर को चर्को शुल्क फिर्ता गरिदिएको बिर्सिन पर्यो।
३) बडाइएको छात्रवृत्ति रकम विर्सिन पर्यो।
४) निशुल्क उपलब्ध गराउने गरेको syllabus विर्सिन पर्यो।
५) विद्यार्थी लाई जाडोमा स्वास्थ्य समस्या नआवस भनेर राखेको तातो चिसो पानी विर्सिन पर्यो।
६) व्यवस्थित सुचना वोर्ड निर्माण र उक्त सुचनावोर्ड मार्फत लिएका सूचना विर्सिन पर्यो।
७) खेलकुद मैदान निर्माण गरेको विर्सिन पर्यो।
८) कक्षा कोठा व्यवस्थापन, फोहोर व्यवस्थापन, ट्वाइलेट व्यवस्थापन गरेको विर्सिन पर्यो।
९) तपाईले चलाइदिएका विज्ञ कक्षाहरु/सेमिनार हरु विर्सिन पर्यो।
१०) मनोमानी ढंग बाट चढाइएको आन्तरिक मुल्यांकन, लुकाउने गरेको नतिजा सार्वजनिक गराई, चित्त नबुझेको विद्यार्थीको मार्क्स (अंक) सच्याइ दिएको विर्सिन पर्यो।
११) परीक्षा दिन नपाएर दुख पाएका विद्यार्थीहरुको परीक्षा दिने बाताबरण मिलाई सहयोग गरेको विर्सिन पर्यो।
१२) ग्यास, चामल सकियो , फि तिर्न पैसा पुगेन भन्ने विद्यार्थीलाई सहयोग गरेको विर्सिन पर्यो।
१३) खेलकुद सामग्री व्यवस्थापन गरेको विर्सिन पर्यो।
१४) छात्रा सौचालयमा सेनेटरी प्याडको व्यवस्थापन गरि केटीहरुलाई सहज गरिदिएको विर्सिन पर्यो।
१५) लाईब्रेरी व्यवस्थापन गरेको विर्सिन पर्यो। (विहान-साझ सम्म, वुक समख्या बृद्धि, लकडाउन भरिको शुल्क नलाग्ने)
१६) कम्प्यूटर ल्याब व्यवस्थापन गरेको विर्सिन पर्यो।
१७) विद्यार्थी भर्ना गर्ने बेला हेल्प डेस्क राखेर खाना पानी नखाई साँझ ६/७ बजे सम्म विद्यार्थीलाई सहयोग गर्दै जीऊ सुकाएको विर्सिन पर्यो।
१८) वर्षौ देखि नफर्काइएको लाइब्रेरी धरौटी फिर्ता पाउने व्यवस्था गरेको विर्सिन पर्यो।
१९) विल प्रतिलिपि लिन रु १०० लिने गरेकोमा घटाएर रु १० गरिदिएको विर्सिन पर्यो।
२०) character certificate को गुणस्तर वृद्धि गरेको विर्सिन पर्यो।
२१) इ-लाइव्रेरीमा जोड गरेको विर्सिन पर्यो।
२२) विभिन्न चुनौति सामना गर्दै online class सञ्चालन गरेको विर्सिन पर्यो।
२३) बाटो क्रस गर्दै गर्दा विद्यार्थी सुरक्षित भएर बाटो क्रस गरुन भनेर जेब्रा क्रस राखिदिएको विर्सिन पर्यो।
२४) कक्षाकोठा भित्रका यावत समस्या समाधान गरिदिएको विर्सिन पर्यो।
२५) कोरोना महामारीमा आफ्नो जिउ ज्यानको प्रवाह नगरी उद्दार कार्यमा तैनाथ भइ सूचना प्रवाह गरेको, राहत वितरण गरेको, हामीलाई सकुसल घर फर्काइदिएको विर्सिन पर्यो।
२६) त्रिभुवन विश्वविद्यालयमा कुनै पनि कुरा बुझ्न पर्यो भने ताप्लेजुङ, हुम्लाको मान्छे तपाईको कीर्तिपुर आउन पर्ने? , रिजल्ट, परीक्षा, प्रमाण पत्रको बारेमा बुझ्न पर्यो, झापा कन्चनपुर को मान्छे परिक्षा नियन्त्रण कार्यालय को गेटमा सुचना हेर्न आउन पर्ने? सम्पर्क गर्न लाई टेलिफोन नम्बर राख्नुस् (उपकुलपति तीर्थ खनियाले २ वटा नम्बर राखेको देखिन्छ) कर्मचारी को व्यवहार सुधार कस्ले गर्दिने?, १/१ घण्टा खाजा समय व्यवस्थापन, सर्टिफिकेट विग्रिने समस्या, बैंक भौचरहरुको समस्या, काउन्टर थप, सर्टिफिकेट वितरण समय हेरफेर, थेसिसको अंक अनलाइन मार्फत हेर्न सकिने माग लगाएत थुप्रै क्रान्तिकारी माग राखेर त्यसको सम्वोधन गराउनु भएको देखिन्छ।।
लगायत थुप्रै कार्य गर्नु भएको छ। जुन निकै प्रशंसनीय छन। सहजै विर्सीन सम्भव छैन। मतलब प्रतिद्वन्दी पनि छैन। मैले क्याम्पस छोडेर प्राइवेट तिर पढेकोमा र यति सुन्दर, साथीबाट भौतिक रुपमा टाढा हुनपरेकोमा पश्चाताप पनि महसूस हुन्छ।।
“दाई उज्वल भविष्यको कामना!