बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • कला /साहित्य
  • संसारभरि सोशककै चोधर भएको छ

संसारभरि सोशककै चोधर भएको छ

  • शनिबार, साउन १०, २०७७
संसारभरि सोशककै चोधर भएको छ

संसारभरि सोशककै चोधर भएकोछ,
गरिब र श्रमजिवी त बे-घर भएकोछ।

छन वे-खौफ भ्रष्टचारी कालो बजारी,
सर्व साधारणलाई ठुलो डर भएकोछ।

जस्ले देश र जनताको हितमा लड्यो,
देश द्रोहीको लागि त जहर भएकोछ।

कस्ले अप्नायोर सर्बणकुमार को बानी,
प्रतेक घरभित्र राबण अंमर भएकोछ।

ब्यबस्था सतिप्रथा गयो भन्छन सबैले,
तर महिला त पुरुषमै निर्भर भएकोछ।

काँ गइ टुङ्गिछ होला समाज मान्छेको,
ब्यबस्था नी झन-झन गदर भएकोछ।
सुरेशकुमार पान्डे।२५-०७-२०२०,

चर्चामा

सम्बन्धित समाचार