• होमपेज
  • बुढीगंगा
  • बुढिगंगा १ का वडा अध्यक्ष सिहंकाे अन्तेष्टी

बुढिगंगा १ का वडा अध्यक्ष सिहंकाे अन्तेष्टी

  • बिहिबार, साउन ८, २०७७
बुढिगंगा १ का वडा अध्यक्ष सिहंकाे अन्तेष्टी

बुधबार आफ्नै निवास कुँडीमा मृत्यु भएका बुढीगंगा नगरपालिका–१ का वडाध्यक्ष राजेश कुमार सिंहको हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको आफन्त तथा नेविसंघ नेता सुरेन्द्र सिंहले बताएका छन् ।  तत्कालिन बाइसे चौविसे राजाका रुपमा विरासत जोगाउदै आएका सिंहको घरको पुजाका लागि नुहाएर पछि एक्कासी बेहोस भएपछि मृत्यु भएको हो ।
मृत्युको खवरपछि बुढीगंगा नगरपालिका र सिंहका शुभचिन्तकहरु दुखित भएका छन् । एक इमान्दार र मिलनसार अभिभावक गुमाउद नगरका स्थानीयहरुले दुख व्यक्त गरेका छन् । बुधबार मृत्यु भएका वडाध्यक्ष सिंहको राष्ट्रिय झण्डा र नेपाली काँग्रेसले पाटीको झण्डा ओढाएर अन्तिम विदाइको गरेको छ । सिंहको मृत्यु खवरले सिंगो नगर नै स्तव्ध भएको बुढीगंगा नगरपालिकाले जनाएको छ ।

वडाध्यक्ष सिंहको प्रार्थिव शरिरमा तत्कालिन संविधान सभा सदस्य तथा नेपाली काँग्रेस बाजुराका महासमिति सदस्य महा नेपालीले पाटीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएको सोही नगरपालिका–१ का वडा सदस्य ललित थापाले जानकारी दिएका छन् ।  उनले दिएको जानकारी अनुसार बुढीगंगा नगरपालिकाका नगर प्रमुख दीपक विक्रम शाह,नगर उप प्रमुख तारा खातीले राष्ट्रिय झण्डा ओढाएर वडा कार्यालयमा प्रार्थिव शरिरमा अन्तिम श्रद्धान्ञ्जली दिएको थापाले बताए ।
सिंहको शव यात्रामा तत्कालिन संविधान सभा सदस्य एवं काँग्रेस महासमिति सदस्य महा नेपाली, बुढीगंगा नगरपालिकाका नगर प्रमुख दीपक विक्रम शाह,उप प्रमुख तारा खाती,खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष नर बहादुर रावत,नेपाली काँग्रेस जिल्ला कार्य समिति सल्लाहकार संयोजक रङ्गबहादुर खाती,बुढीगंगा नगरपालिका–३ का वडाध्यक्ष खडक अधिकारी,७ का वडाध्यक्ष भुवनसिं केसी,८ का वडाध्यक्ष टेकबहादुर रावल मलाममा सहभागी थिए  ।
यस्तै शव यात्रामा बुढीगंगा नगरपालिकाका प्रवक्ता माया शाह,खप्डत छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष तथा तरुण दल बाजुराका अध्यक्ष कुम्भनाथ योगी,७ का वडाध्यक्ष खगेन्द्र रावत लगायत मृतक वडाध्यक्ष सिंहका आफन्त,शुभचिन्तक,पाटीका जिल्लाका नेता तथा भातृ संघका नेता तथा कार्यकर्ताहरुको थिए । सिंहको मृत्युपछि बुढीगंगा नगरपालिका शोकमा डुवेको छ । एक जनप्रतिनिधी गुमाउदा पीडामा नगरपालिका रहेको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार