पहिले कोखमा पछि हुर्काए काखमा,
सुताउँनु हुँन्थयो लोरी गाएर काखमा।
छातिमा बच्चा कन्नामा घाँसको भारी,
थाक्नु भैन आमाले उठाएर काखमा।
मम्ताकै न्यानु दिनोरात हुर्कियौ हामी,
आफु भोकै अमृत पिलाएर काखमा।
के के गरेनन आमाले बच्चाको लागी,
हुर्काए आफै भरपेट नखाएर काखमा।
आमाको बच्चा बनेर याद गर शन्तती,
निरोगी बनाउँन सेका लगाए काखमा।
छोरा छोरी हरु आमाको गास बिर्सियौ,
मुखबाट नै खोस्थ्यो अत्ताएर काखमा।
आमा को हृदय भित्र संसार नै अटायो,
दुखलाग्छ बृद्धापन नअटाएर काखमा।
सुरेशकुमार पान्डे!२३-०७-२०२०,