शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतमा एकै दिन साढे ४५ हजार कोरोना संक्रमित थपिए

भारतमा एकै दिन साढे ४५ हजार कोरोना संक्रमित थपिए

  • बिहिबार, साउन ८, २०७७
भारतमा एकै दिन साढे ४५ हजार कोरोना संक्रमित थपिए

एजेन्सी —  भारतमा हालसम्मकै उच्च संख्यामा संक्रमित थपिएपछि कोरोना संक्रमितको कुल संख्या साढे १२ लाख नजिक पुगेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ ४५ हजार ५ सय ९९ जना नयाँ संक्रमित थपिएका छन्। योसहित कुल संक्रमितको संख्या १२ लाख ३९ हजार ६ सय ८४ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा मृत्यु हुनेको संख्या पनि ठूलो रहेको छ।
भारतीय अधिकारीहरुका अनुसार त्यहाँ ११ सय २० जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या २९ हजार ८ सय ९० पुगेको छ। भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयकाअनुसार अहिले भारतमा ४ लाख २६ हजार १६७ जना उपचारका क्रममा छन्। ७ लाख ८२ हजार ६ सय जना उपचारपछि निको भएर घर फर्किएका छन्। यसैबीच मध्य प्रदेशको राजधानी भोपालमा भोलि राति ८ बजेदेखि १० दिनका लागि पुनः लकडाउन गरिने भएको छ। सरकारको उक्त निर्णयको विरोध भइरहेको छ। अगस्ट १ मा मुस्लिमहरुको ईद पर्व परेकाले ईद प्रभावित बनाउने उद्देश्यले लकडाउन गर्न लागिएको कतिपयको आरोप रहेको छ।

चर्चामा

सम्बन्धित समाचार