गजल!
आमाको पौरख हामि बाँच्ने आधार थियो,
एउटा बारीको पाटोमा मात्र आसार थियो।
पुग्ने कुरानै थिएन लाउन खान हामि लाई,
परिवारकै त्यो बेलामा ठुलो आकार थियो।
नकुनै साधन श्रोत थ्यो जिवन काट्नलाई,
आफुसँग त हात खुट्टा मात्र औजार थियो।
बिहान देखी राति सम्म यहि माटोमा हामी,
कामको लगन सिलता पनि आपार थियो।
सोँच्छु कसिरी आउँथ्यो उर्जा त्यो बेला मा,
बाँच्नलाई त खाने माड मात्रै आहार थियो।
थिएन तर हाम्रो मनमा रत्तिभर पनि स्वार्थ,
थियो त हाम्रो आपसमै गहिरो प्यार थियो।
सुरेशकुमार पान्डे।२२-०७-२०२०,