चक्र बहादुर अएडी– बाजुरा जिल्लाकाे साफेँ मार्तडी सडक खण्डकाे बिभिन्न ठाउँमा पहिराे जादा यात्रुहरू समस्यामा पर्ने गरेका छन् । कतिपय पैदल हिडेरै सदरमुकाममा पुग्छन त कतीपय माेटरसाइकल काधँमा चढाएर सदरमुकाम पुग्ने गर्दछन । यात्रुलाई निकै कठीन परिस्थीतीमा हिडेर सदरमुकाम आवत जावत गर्नुपरेकाे छ ।
साफेँ मार्तडी सडक अबराेध हुदा दैनिक उपभाेग्य सामानकाे ढुवानीमा समेत असर परेकाे छ । सदरमुकाममा अाउने जाे सुकैलाइ हिडेर अाउने समेत जाेखीम रहेकाे स्थानीय नवराज बुढाले बताए र
जनताले सधै सास्ति पाउनु भन्दा दिगो बिकासको विकल्प खोजिनु पर्ने भन्दै यात्रा गर्नु् परेकाे स्थानिय मोहन विस्टले बताए । जनप्रतिनिधि राजनितिक दल लगायतले सकारात्मक सोच राखिदिय विकासमा धेरै लामो समय कुर्नु नपर्ने अर्का पैदल यात्रि नबराज बुढाले बताए ।