
गली बँदेलको आक्रमणबाट कञ्चनपुरमा तीन जना घाइते भएका छन। जिल्लाको बेदकोट नगरपालिका १ चम्फापुरका रामचन्द्र रेग्मी, शारदा जोशी र दिपक सिंह बदेलको आक्रमणबाट घाईते भएका हुन्।
घाइते तीनै जनाको महाकाली अस्पतालमा उपचार भईरहेको छ। घर आँगनमा बसिरहेका बेला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली बँदेलले आक्रमण गरेको घाइते रेग्मीले बताए। आक्रमण गर्न आएको बँदेललाई स्थानिय बासिन्दाले होहल्ला गरी निकुञ्ज तर्फ भगाएका छन्।
