• होमपेज
  • बुढीगंगा
  • पहिरोका कारण बाजुरा बुढिगंगा नगरपालिका २ बजेडीकाे बस्ती नै बिस्तापित

पहिरोका कारण बाजुरा बुढिगंगा नगरपालिका २ बजेडीकाे बस्ती नै बिस्तापित

  • मङ्लबार, साउन ६, २०७७
पहिरोका कारण बाजुरा बुढिगंगा नगरपालिका २ बजेडीकाे बस्ती नै बिस्तापित
तस्वीर: साैजन्य जिल्ला प्रहरी कार्यालय बाजुरा

बाजुरा– बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा न २ बजेडीको पुरै बस्ती बिस्तापीत भएको छ । बजेडी गाउँको चारैतिरबाट पहिरो बग्न थालेपछी गाउँ नै जोखीमा रहेको हो ।
आइतबार रातीदेखीको अबिरल बर्षासंगै गाउँको चारैतिर पहिरो गएपछि सोमबार रातिदेखी नजिकै रहेको स्कुलमा बस्तै आएका जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकार प्रहरी निरीक्षक दान बहादुर रोकायाले बताएका छन । गाउँमा रहेका २० घरपरिवार उच्च जोखीममा रहेकाले नजिकै रहेको बिद्यालयमा सरेको सुचना आएको र थप जानकारीका लागि प्रहरीको टोली पहिरो प्रभाबित गाउँ बजेडीका लागि गैसकेको प्रहरी निरीक्षक रोकायाले बताएका छन ।
गाउँ पुरै जोखीम रहेकोले सो गाउँमा के कती क्षेती भएको छ भन्ने बिषयमा बुढिगंगा नगरपालिकाका मेयर दिपक बिक्रम शाह वडा अध्यक्ष हिरालाल थापा लगायत नगरापलिकाको टोली पनी बजेडी गएको बुढिगंगा नगरपालिकाले जनाएको छ । १ सय ३५ घरदुरी रहेको सो बस्ती सबै जोखीमा रहेकोले के कसरी ब्यबस्थापन गर्न सकिन्छ भन्ने बिषयमा सो ठाउँमा जनप्रतिनिधीको टोली र प्रहरीको टोली पुगेको शिक्षक खडकराज जोशीले बताएका छन् ।

शिक्षक जोशीका अनुसार बजेडी गाउँमा १ सय ३५ घरपरिवार रहेको र सो बस्तीका २० परिवार तत्काल बिस्तापित भएको बताए । जोखीममा पुरै बस्ती रहेकोले यस बिषयमा सम्बन्धीत निकायले तत्काल उद्धार गर्न नसके ठुलो धन जनको क्षेती हुने शिक्षक जोशीले बताएका छन् । सो बस्तीका बारेमा तत्काल सम्बन्धी निकायले सोच्न आबस्यक रहेको छ । बिगत लामो समयदेखी सो बस्ती नै पहिरोका उच्च जोखीमा रहेको भए पनी कोही कसैले ध्यान नदिएको त्यहाँका स्थानीयले गुनासो गरेका छन । हरेक बर्ष बर्षा सुरु भएसंगै गाउँ नजिकै माथी डाडामा पाल हालेर बस्छौ सरकारले कहिल्यै सहयोग गर्दै स्थानीय सरकारले पनी हेर्दैन त्यहाका स्थानीयले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार