शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • कला /साहित्य
  • बर्गिय आन्दोलन किन कम्जोर हुँन्छ (कथा)

बर्गिय आन्दोलन किन कम्जोर हुँन्छ (कथा)

  • मङ्लबार, साउन ६, २०७७
बर्गिय आन्दोलन किन कम्जोर हुँन्छ (कथा)
रेशकुमार पान्डे

  मणिलाई प्रवाशबाट समाजले एउटा घटनाको सिल सिलामा स्वदेश पठाउँछ।मणि सक्रिय सामाजिक कार्याकर्ता भएरनै होला समाजले दिएको जिम्मा सहर्श स्वीकार्छ।लाहुरमा संगठन अत्यान्तै अनुसाशित मिलिटैन्स थियो।

लागेको जिम्मा धेरै जसो सामाजिक ब्याक्तिले पालना गर्थे। त्यो बेला मणिको परिवार प्रवाशमै थिए,जे जस्तो घरेलु समस्या भयपनि उस्ले आफ्नो समस्या नदेखाई कामको जिम्मा लिएर स्वदेशको लागि रवाना हुँन्छ। उस्ले स्वादेशमा गएर एउटा घटनामा परेर मरेको युवाको घर खोज्नु थियो।ठेकानाको नाउँमा एउटा पाँच कलासको सार्टिपिकट मात्र थियो।

त्यो ठाउँ खोज्नलाई स्थानिय साथिहरु सँग सम्प्रक साध्यो। एउटा स्कुलको सार्टि पिकटको भरमा खोज्दै त्यो गाउँमा पुग्दा उस्ले आफ्नो मावलि कँहा बसेर पढेको स्यानो छँदा तर उनिहरुपनि बसाई सरिसकेको जानकारी पायो।मणिलाई तिन दिन जति यता उता घुम्दानै बित्यो।कुनै खुसिको कुरा भए त खोज्न पनि हर कसैले साथ दिन्छन तर दुखःको बिषयमा अलि संकोचनै गर्छन।त्यो बेला याता यातको र दुरसञ्चारको सुबिधा नंगन्यनै थियो।कयौँ घण्टा पैदल हिँडेर समप्रक कार्यालय पुग्यो त्यँहा गयपछि उनिहरुले कुनै केसब भन्नेको घरको ठेकाना दिएर पठाए। यँहा पनि केहि घन्टा पैदल यात्रा गरेर जानु पय्रो।केसब भन्ने एकजना मास्टर थिए उनको सरकारी स्कुलमा जागिर थियो।

सम्प्रक कार्यालयमा बसेका ब्याक्तिले केसबको बडो तारिफ गर्दै हजूरलाई उन्ले घरै लिएर जान्छन।भनेर भनेका थिए।उति बेला कता कतै सहरमा मात्रै लैण्डलाईन फोन हुँन्थे।समाजको सक्रिय साथिलाई भेटाए पछि कसो सहयोग नगर्ला भनेर मणि ढुक्कैछ। केसबको घर खोज्दै जाँदा झमक्कै साँझपय्रो।जाडोको दिन भयकोले होला दिनपनि अलि छोँटा थिए।जेहौश साँझ पर्दा मणि केसबको घरमा पुग्छ।उन्को राम्रै परिपाटी रैछ।घरपनि दुई तले छानोमा टिन लगाएको भित्तो पलस्तर गरेको त्यो बेलाका धनी हरुको घर जस्तै थियो।मणि घरमा पुगे तर केसब भने घर थिएनन।उन्को आँमा हुँनु हुँदो रैच्छ,उँहाले केसब सँग भेट गर्न आएको भनेपछि राम्रो ब्यबहार गर्नु भयो।बाहिर दलानमा एउटा खाटमा बश्न भन्नु भयो।मणिलेपनि आफु यँहा आउँनु परेको सबै कुरा बतायो।

कुरा गर्दा गर्दै भान्सापनि पाकि सकेछ साहिद केसबको परिवारले पकाएको हुँनुपर्छ।भान्शा गर्न बोलाईन घरको नजिकै आर्को स्यानो भाँशा घर थियो मणि त्यँहा गएर भान्शा गर्छ। मणि दिनभरीको हिँडाई ले गर्दा थाकेर लखतरान परेको थियो।भान्शा गरेपछि त्यहि दलखनमा भयको खाटमा सुत्न भन्नु भयो।मणि गएर खाटमा पल्टियो।केसब भने अँझै आएका थिएनन।मणि भुतुक्कै निदाएछ थाहानै पाएन।एक्कासि बिहान पख निन्द्रामै तिखो स्वर सुन्छ। ए गासे!अँझै उठ्या छैनस?साहुमारा!मणिको कानमा सपनामै जस्तो तिखो स्वर पय्रो!अनि निन्द्रा खुल्यो।जुरुक्कै उठेर बस्यो बिस्तरामै।थोरै खाएपो हुँन्छ गासे ले एकथाल भात खान्छ।

अनि मस्त सुत्छ!भित्रबाट फेरी तिखो स्वर मा चर्को बोली बोल्छिन।त्यो आमाको बोली त थियो तर मणिले मेसो पाएन आखिर उन्ले कस्लाई भन्छिन?यता उता हेर्छ त्यँहा आफु बाहेक कसैलाई देख्दैन।कँहि मलाई त होईन?मणिले मनैमनमा आफुलाई भनेको जस्तै सोँचछ!आफु अलि सम्लेर बस्छ। भित्र बाट एउटा मसिनो सिप्किनो ल्याएर जोड सँग खाट मुनि स्वाँठ्ठै पार्छिन त्यँहाबा एउटा स्यानो बार तेह्र बर्षको केटा उठेर भाग्छ।बल्ल अस्लिकुराको मणिलाई जानकारी हुँन्छ।त्यो बिचरो बालख खाटका आस्न गुन्द्री बिछाएर सुतेको रैछ।अनि आर्को हातमा आमाले छोपेको टुक्कि को रोसनीमा घडि हेर्छ अँझै पाँच बज्न बाँकिनै थियो।

एक जना समाज सेबक क्रान्तिकारी र शिक्षकको घरमा यस्तो हुँन्छ भने झन अरुको घरमा कस्तो हुँदो होला?मणिको मनमा यहि प्रश्न बारम बार आईरहन्छ।त्यतिको ता किन जान्थे अर्काको देशमा लाहुरे हुँन।देशभित्रको क्रान्ती कारी भनौदाहरुको यस्तो ब्यबहारछ भने अरुको कस्तो होला?यो केटालाई गरेको गालि मणिलाई आफुलाई गरेको जस्तै लाग्छ।उस्को मुटुमा चसक्कै बिजाएकोछ। परदेशमा मणिहरु यस्तै गरिबहरु होटेल कोठीमा कामगर्नेहरु सँग नियमित चन्दा सहयोग लिएर र यस्तै गरिबहरुको मत लिएका हुँन्छन।यस्तै खाले ले जितेपछि आखिर कसको हितको प्रतिनिधित्व गर्ला त्यो सरकारले।अनि कस्को हित गर्ला भन्दै मनमनै सोँचि रहेको थियो!भित्तामा अडेस लागेर।

एक छिनपछि केशब उठेर बाहिर आउँछ।अब घडिमा सात बजि सकेकोछ।मणिले बिस्तारै आफु आउँनुको मक्सद भन्छ सविस्तार।हो त्योता तर मलाई फुर्शत हुँदैन तपाईँ फलानो का घरमा जानुस तर अर्नि खाएर अलि बेरपछि जानु होला भन्छन।हुँदैन हजूर मलाई ढिलो हुँन्छ बरु उँहाको घरसम्म पुग्ने बाटो भन्दिनुस भन्दै आफ्नो बैग लिएर उभिन्छ।केसबले बाटो देखाई दिन्छन अनि मणि अर्को फलानाको घरको लागि हिँड्छ। (कथा काल्पनिक हो यो कसैको नीजि जिवन नाम सँग मेल खाएमा मात्र सँयोग हुँनेछ)

चर्चामा

सम्बन्धित समाचार