बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • देश
  • बडिमालिका नगरपालिकामा बिद्यार्थीको घरमै पुगेर शिक्षक पढाउदै

बडिमालिका नगरपालिकामा बिद्यार्थीको घरमै पुगेर शिक्षक पढाउदै

  • सोमवार, साउन ५, २०७७
बडिमालिका नगरपालिकामा बिद्यार्थीको घरमै पुगेर शिक्षक पढाउदै

बडिमालिका नगरपालिकाले बिद्यार्थीको घरमै शिक्षक पठाएर पढाउने तथा सहजीकरण काम शुरु गरेको छ । बिद्यालय सँँग समन्वय गरेर टोल तथा घरमै पुगेर बिद्यार्थीलाई अध्यापन गर्न शुरु गरेको बडिमालिका नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत रङ्गमल बिकले वताएका छन् ।
नगरपालिका भरि २५ बिद्यालय रहेका छन् । साउन बाट सिकाइ केन्द्र छनौट गरेर टोल टोलमा प्रारम्भिक वालविकास केन्द्र देखी कक्षा ४ सम्मका बिद्यार्थीहरु घरमै पुगेर सहजिकरण गर्ने गरेको छ । कक्षा ५ देखी १० सम्म स्थानिय रेडियो मार्फत कक्षा सञ्चालन गर्ने गरेको छ । रेडियो बाट कक्षा सञ्चालन सँगै टोलमा गएर पनि तिनिहरुलाइ नबुझेको कुरा सहजिकरण गर्न शुरु गरेको नगरप्रमुख पदम बडुवालले वताएका छन् ।
प्रत्येक बिद्यालयले आफ्नो सेवा क्षेत्रमा बिद्यार्थीहरुलाई पठन पाठनका लागि घरमै शिक्षक पठाएर बिद्यार्थीलाई सहजिकरण शुरु गरिसकेको छ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लामो सयमको बन्दाबन्दीले विद्यालयहरु बन्द भएपछि नगरपालिकाले प्रत्येक बिद्यालयको सेवा क्षेत्र भित्रका सवै टोलहरुमा शिक्षकहरुलाई खटाएर पठन पाठन सूरु गरेको नगर उपप्रमुख कबिता बिष्टले वताएकि छन् ।
सदरमुकाम मार्तडीस्थित मालिका नमुना माद्यमिक विद्यालयले आफ्नो सेवा क्षेत्र भित्रका विद्यार्थीहरुलाई पठन पाठन सूरु गराउन घर घरमै शिक्षकहरु पठाएको बिद्यालयका प्रर्चाय शुभराज पाध्यायले वताएका छन् । लामो समयको बन्दावन्दीका कारण विद्यार्थीहरुको नियमित पठनपाठनमा समस्या भएपछि विद्यार्थीहरुको पढाईलाई मध्येनजर गरेर उनीहरुको पठन पाठनलाई निरन्तरता दिन विद्यालयकोे सेवा क्षेत्र भित्रका टोल टोलमा विद्यार्थीहरुको घर घरमै पुगेर पठनपाठन सूरु गरिएको विद्यालयका प्राचार्य पाध्यायले थपे ।
यसरी विद्यार्थीहरुको घर घरमै पुगेर पठन पाठन गर्दा अभिभावक र विद्यार्थीहरुको राम्रो सहयोग मिलेको मालिका माबिका शिक्षक बिष्णु पाण्डेले वताएका छन् । विद्यार्थीहरुको शैक्षिक क्षेत्रको भविष्यलाई मध्येनजर गर्दै टोलटोलमा गएर पठनपाठन तथा सहजिकरण गराइरहेका उनले थपे । बिद्यालयले १६ वटा टोल छनौट गरेर शिक्षक परिचालन गरेको छ ।
बडिमालिका नगरपालिकामा रहेका विद्यालयलयले विद्यार्थी भर्ना पनि गरिसकेको छ । पाठ्यपुस्तक पनि बितरण गरेर साउन बाट टोलमा पुगेर बिद्यार्थीलाइ सहजिकरण गरिरहेका छन् । यसरी टोलमै पुगेर शिक्षकहरु आउदा अभिभाब निकै खुशी भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार