सरकारी चिकित्सक संघ नेपाल (गोदान) को चौथो साधारणसभा र निवार्चन साउन १० गते शनिबार हुने भएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको विवरण अनुसार १० गते ट्रमा सेन्टरको हलमा नयाँ कार्यसमितिका लागि मतदान हुने छ। निर्वाचन कार्यतालिका अनुसार बिहान ९ बजेदेखि ५ बजेसम्म मतदान हुने छ। १५ सदस्यीय कार्यसमितिका लागि १० गते बिहान ९ देखि ११ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ। ११ देखि १२ बजेसम्म उम्मेदवारी फिर्ता तथा दावी–विरोध र १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रशासन हुनेछ।
निर्वाचन समितिले अनलाइन फारम भरी आधारिक परिचयपत्र भएका व्यक्ति मतदाता हुन पाउने प्रमुख निर्वाचन अधिकृत डा रुद्र मरासिनीद्वारा जारी निर्वाचन कार्यक्रम सूचनामा उल्लेख छ। संघको आधिकारिक परिचयपत्र भएका डाक्टरले मात्र मतदान गर्न पाउनेछन्। मतदान व्यक्तिगत इमेलमा आधारित गोप्य अनलाइन प्रक्रियाबाट हुने बताइएको छ। अनलाइन फारम नभरेका सदस्यले भने ट्रमा सेन्टरको हलमा उपस्थित भई मतदान गर्न पाउने छन्।