शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • कोरोना जीतेका वडा अध्यक्ष थापालाई नगरपालिकाद्धारा बधाई

कोरोना जीतेका वडा अध्यक्ष थापालाई नगरपालिकाद्धारा बधाई

  • आइतवार, साउन ४, २०७७
कोरोना जीतेका वडा अध्यक्ष थापालाई नगरपालिकाद्धारा बधाई

पदमबहादुर सिंह / बाजुरा ४ साउन– बुढीगंगा नगरपालिका २ का वडा अध्यक्ष कोरोना जीते पछि पहिलो पटक नगरकार्यपालिकाको बैठकमा सहभागी भएका छन् ।
कोरोना जितेपछि पहिलो पटक बैठकमा उपस्थिति भएपछि नगरपालिकाका मेयर दिपक बिक्रम शाह, उपप्रमुख तारा खाती नगरकार्यपालिकाका पदाधिकारीले खादा र फुलले स्वागत गर्नुका साथै बधाई दिएका छन् ।
आत्मा बिश्वास र हात्मा अनुशासनले कोरोना माथि सजिलै बिजय प्राप्त गर्न सकीन्छ भन्ने वडा अध्यक्ष थापाले सन्देश प्रबाह गरेको नगरप्रमुख दिपक बिक्रम शाहले बताए ।
बुढीगंगा नगरपालिका २ का वडा अध्यक्ष हिरालाल थापाले २८ दिनमा कोरोना जीतेर आज नगरकार्यपालिकाको बैठकमा उपस्थिति भएका हुन् ।
कोभिड १९ को महामरीको कारण चैत्र ११ गते लकगाउन भएदेखी भारत र अन्य जिल्लाबाट आएकाको उद्धारमा लागेका उनको असार ४ गते स्वाब संकलन गरिएको थियो । असार १४ गते सेती प्रादेशिक अस्पतालमा परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि २१ दिनसम्म होम आइसोलेसनमा बसेका थापाको असार २२ गते दोस्रो पटक स्वाप संकन गरि पठाएकोमा साउन २ गते नेगेटिभ आएको बुढीगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दीपक शाहले बताए । ।

चर्चामा

सम्बन्धित समाचार