
काठमाडौं । लमजुङमा क्वारेन्टिनमा बसेका एक २३ वर्षीय युवकको मृत्यु भएको छ । क्होलोसोंथर ९, गिलुङ क्वारेन्टिनमा बसेका २३ वर्षीय युवराज घर्तीले झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी घनश्याम अर्यालका अनुसार मृतक घर्ती बुटवलबाट असार ३१ गतेमात्र गाउँ फर्किएका थिए ।बुद्धोदय माविमा बनाइएको क्वारेन्टिनमा उनी असार ३१ गतेदेखि बस्दै आएका थिए । उनको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
