• होमपेज
  • समाज
  • हत्या अभियोग लागेका ब्यक्ति १३ वर्षपछि पक्राउ

हत्या अभियोग लागेका ब्यक्ति १३ वर्षपछि पक्राउ

  • शुक्रबार, साउन २, २०७७
हत्या अभियोग लागेका ब्यक्ति १३ वर्षपछि पक्राउ

झापा प्रहरीले हत्या अभियोग लागेका एक जनालाई १३ वर्षपछि पक्राउ गगरेको छ। पुण्यप्रसाद विश्वकर्मालाई प्रहरीले असार ३० गते मेचिनगर नगरपालिका ८ इँटाभट्टा चोकबाट पक्राउ गरेको हो। उनले १३ वर्ष अघि झापाको टागनडुब्बा गाविस ९ का
नत्थु विकको हत्या गरेको प्रहरीले दाबी गरेको छ। जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको छ। झापाका एसपी कृष्ण कोइरालाका अनुसार पुण्यले ०६३ चैत २४ गते कामाटोली बजारबाट नत्थुको साइकल अनुमति बिना नै लगेका थिए।  साइकल लिन जादाँ मादक पदार्थ सेवन गरेका पुण्यले नथ्थुमाथि कुटपिट गरेका थिए। नत्थुको उपचारका क्रममा ज्यान गएको थियो। पक्राउ परेका पुण्यलाई थुनामा राख्न जिल्ला अदालत झापाबाट ७ दिनको अनुमति लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार