अहिले फेशबुकको भित्तामा “दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(South Asian Association far Regional Cooperation)को बारेमा कतिपय मित्रहरुले भैँश चलाउँनु भयकोछ।यो लेखले त्यो छल फललाई थोरै भयपनि मद्त मिल्न सक्छ भन्ने उदेश्यले शंक्षिप्तमा सार्कको स्थापना र यसका नियमहरुको बारेमा लेख्दैछुँ।यसलाई त्यहि रुपमा लिनुहलोला यस्ले कस्तो काम गय्रो गरेन वा कति सम्मेलन काँ काँ सम्पन्न भए र तिनमा के के निर्णय भए,त्यो छुट्टै बिषय बस्तु भयकोले यँहा सामिल गरिएकोछैन।यँहा मात्र सार्को स्थापना र उदेश्य बारे शंक्षिप्तमा उल्लेख गरिएकोछ। दक्षिण एसिया क्षेत्रका राष्ट्रहरु बंग्लादेश, भुटान,भारत,माल्दिभ्स,नेपाल पाकिस्तान तथा श्रीलंका सामिल भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(SAARC) लाई स्थापना गर्ने कार्याको सुरुवात सन१९८०को मे महिना देखि भएको थियो।नेपालमा त्यो बेला राजा बिरेन्द्र शाहा थिए। त्यो बेला दक्षिण एसिया क्षेत्रका जनता बिच रहेका साझा संस्कृति र जिवन सैलीका बाबजुद पनि यस क्षेत्रको शक्ति सन्तुलनको स्थिति क्षेत्रकाराष्ट्रहरु बिचको राजनैतिक तथा सामारिक बिभिदताको कारण यो संगठन एक बिशेष प्राकृतिको रुपमा रहेको छ।
त्यसैले यस संगठन अन्तरगत द्विपक्षिय बिषयवस्तुका मामिला संम्बन्धमा छलफल हुँदै सम्पूर्ण नियमहरु सबै सदस्यहरुको सर्वसम्मतिबाट मात्र गर्ने प्राबधानछ। सर्वप्रथम सन१९८१को शुरुमा कोलोम्बोमा भएको प्रथम बैठक बाट सार्क स्थापनाको क्रम सुरुभएको थियो। सन१९८३मा दिल्लीमा भएको बैठकले एकिकृत कार्या योजना (IPA) स्वीकृत गय्रो।यसलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (SAARC) नाम दिएर घोषणा गरियो। यस प्रकार ८दिसेम्बर१९८५का दिन ढाकामा सार्कको जनम भयो।यसै दिन सार्कको बडापत्र पनि स्वीकृत गरियो।जस्मा निम्न नियमहरु उल्लेखित छन। (क)दक्षिण एसियाका जनताहरुको हितलाई अभिबृद्धि गर्ने र उनीहरुको जीवन स्तरमा सुधार ल्याउँने, (ख)यस क्षेत्रको आर्थिक बृद्धि सामाजिक उन्नति तथा साँस्कृतिक बिकासलाई अभिबृद्धि गर्ने र सबै ब्याक्तिहरुलाई उनिहरुको पूर्ण सार्थकता महेसुस गर्नका लागि सम्मान पूर्वक बस्न अवसर पर्दान गर्ने, (ग)दक्षिण एसियाका राष्ट्रहरु बिचको सामुहिक आत्म निर्भरतालाई अभिबृद्धि र समृद्ध गर्ने, (घ)एक आर्काको समस्या प्रति पारस्पारिक बिस्वास र समज्दारी राख्दै योगदान दिने, ( ङ)आर्थिक,सामाजिक, साँस्कृतिक,प्राबिधिक तथा वैज्ञानिक क्षेत्रहरुमा सक्रिय सहभागिता र पारस्पारिक सहयोगको अभिबृद्धि गर्ने, (च)अन्य बिकाशील देशहरु सँगको सहयोगलाई दरिलो गर्ने, (छ)साझा हितका बिषयहरु रहेका अन्तरराष्ट्रिय मञ्चहरुमा आपसमा गर्नुपर्ने सहयोगलाई बलियो पार्ने। (ज)समान उदेश्य तथा बिचारहरु भएका अन्तरराष्ट्रीय तथा क्षेत्रीय संस्थाहरु सँग सहयोगको अभिबृद्धि गर्ने।
लगायतका नियम हरु राखेर सगठको गठन गरिएकोहो। पछि जनवरी१६सन१९८७(२०४३साल मागको २गते)काठमखण्डौमा यसको सचिवालय को स्थापना भएको लाई सार्क सचिवालय संगठानको प्रसासनिक अंगहो भनेर बुझ्नु पर्छ। सार्कका गतिबिधिहरुको अनुगमन र मुल्यांकन गर्नु,प्रसाशन संचालनगर्नु,तथा सार्क र अन्य संगठनहरु बिच संचार सम्पर्क कायमा गराउ्नु यसको दाईत्व हो।सचिवालयमा एक जना महासचिब,हरेक सदस्य-राष्ट्र बाट एक-एक जना निर्देशक र अरु कर्मचारी हरु हुँन्छन।महासचिबको नियुक्तिCouncil of Ministers ले गर्छ।निर्देशकहरु सम्बन्धित देशबाटै नियुक्त हु्न्छन। परार साल देखि अफ्गानिस्तान पनि सार्कमा सामिल भयकोछ अब सार्कको संख्या आठ भयकोछ।माथि जे लेखिएतापनि सार्कमा भारतको मनपरि हुँदै आयो।उस्को स्वार्थ अब पुरा नहुँने देखेपछि अहिले लगभग सार्क सिथिल अबस्थामा छ।अहिले मुहार पुस्तिकामा सार्कको बारेमा कयौँ साथिहरुको बेग्ला बेग्लै बिचार आएको देखेर यो छोँटो लेखलाई प्रेसित गरिएको हो।१४-०७-२०२०,