
अछाम: अछाम जिल्लाबाट एक जना गर्भवतीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। जिल्लाको पंचदेवल विनायक नगरपालिका –७ की २१ वर्षीया रमना विकलाई जिल्ला अस्पताल मंगलसेनबाट नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत पठाइएको जिल्ला अस्पताल अछामका डाक्टर प्रेमप्रसाद ढुंगानाले जानकारी दिए ।
आइतबार राति प्रसूति हुन विनायक स्वास्थ्य चौकीबाट पठाइएकी बिकमा उच्च रक्तश्राप लगायतको समस्या देखिए पछि सुर्खेत पठाइएको ढुंगानाले बताए। सरकारको दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती र सुत्केरीको हवाई उद्धार कार्यक्रम अन्तर्गत उनको उद्धार गरिएको हो।
