शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • फुटबल
  • रोनाल्डोले दुई गोल गर्दा युभेन्टस बराबरीमा रोकियो

रोनाल्डोले दुई गोल गर्दा युभेन्टस बराबरीमा रोकियो

  • सोमवार, असार २९, २०७७
रोनाल्डोले दुई गोल गर्दा युभेन्टस बराबरीमा रोकियो

एजेन्सी । पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले युभएन्टस बराबरीमा रोकिएको छ । सिरी ए अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्टसले एटलान्टासँग २-२ गोलको बराबरी खेलेको हो ।  युभेन्टसको घरेलु मैदानमा भएको खेलमा दुई पटक पाहुना टोली एटलान्टाले अग्रता लिएको थियो । तर दुबै पटकको अग्रता जोगाउन नसक्दा खेल बराबरीमा रोकिएको हो ।
खेलको १६ औं मिनेटमा नै एटलान्टाले अग्रता लिएको थियो । डुभान जापाटाले गोल गर्दै पहिलो हाफमा एटलान्टालाई १-० गोलको अग्रता दिलाएका थिए । तर दोस्रो हाफ सुरु भएको १० मिनेटमा नै युभेन्टस खेलमा फर्कियो । ५५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

८० औं मिनेटमा रुस्लान मालिनोभ्स्किले गोल गर्दै पाहुना टोली एटलान्टालाई पुनः २-१ गोलको अग्रता दिलाए । तर खेलको अन्तिम मिनेटमा रोनाल्डोले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । बराबरीसँगै युभेन्टसले शीर्ष स्थानमा दोस्रो स्थानको लाजिओ भन्दा आठ अंककओ अग्रता बनाएको छ । युभेन्टसको ३२ खेलबाट ७६ अंक छ । तेस्रो स्थानको एटलान्टाको समान खेलबाट ६७ अंक छ ।

त्यस्तै शनिबार राति नै भएको खेलमा दोस्रो स्थानको लाजिओ आठौं स्थानको ससुओलासँग पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा लाजिओ ससुओलासँग २-१ गोलले पराजित भएको हो ।

चर्चामा

सम्बन्धित समाचार