• होमपेज
  • समाज
  • जिल्ला प्रशासनका एक अधिकारीसहित ४ डाक्टर चितवनबाट पक्राउ

जिल्ला प्रशासनका एक अधिकारीसहित ४ डाक्टर चितवनबाट पक्राउ

  • आइतवार, असार २८, २०७७
जिल्ला प्रशासनका एक अधिकारीसहित ४ डाक्टर चितवनबाट पक्राउ

प्रहरीले चितवनबाट चार जना डाक्टरलाई पक्राउ गरेको छ। अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा अनुसन्धान गर्न प्रहरीले चार डाक्टर पक्राउ गरेको हो। उनीहरुका साथै प्रहरीले जिल्ला प्रशासन कार्यालयका एक अधिकारीलाई पनि पक्राउ गरेको जानकारी छ। मानव बेचबिखन अनुसन्धान ब्युरोबाट गएको टोलीले डाक्टरका साथै जिल्ला प्रशासनका अधिकारीलाई पक्राउ गरी काठमाडौं ल्याइदै रहेको ब्युरोले जानकारी दिएको छ। यससम्बन्धी थप विवरण पत्रकार सम्मेलनबाट गराइने ब्युरोले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार