कोरोनाका कारण नेपालमा मृत्यु हुने संक्रमितको संख्या ३६ पुगेको छ । केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएका एकजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३६ पुगेको हो ।
काठमाडौंको गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा असार २५ गते मृत्यु भएको थियो । मिर्गौलाका बिरामी उनको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो ।“स्वासप्रश्वासमा समस्या रहेकाले कोरोनाको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो,” केएमसी अस्पतालका निर्देशक डा. मुकुन्दराज जोशीले बाह्रखरीसँग भने, “नेपाली सेनाको टोलीले शनिबार विहान उनको शव व्यवस्थापनका लागि लगेको छ । नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । ८ हजार ११ जना निको भइसकेका छन् ।