शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश १
  • आजको बाढी पूर्वानुमानः कहाँ–कहाँ छ जोखिम ?

आजको बाढी पूर्वानुमानः कहाँ–कहाँ छ जोखिम ?

  • शनिबार, असार २७, २०७७
आजको बाढी पूर्वानुमानः कहाँ–कहाँ छ जोखिम ?

नेपालमा केही दिन यता भइरहेको लगातार वर्षाका कारण देशका धेरै नदीहरुको बहाव बढेको छ । जसले गर्दा कयौँ स्थानमा भूस्खलन तथा बाढी र डुबानको समस्या देखिएको छ । आज कन्काई, कोशी, कमला,बागमती र नारायणीमा बहाव सतर्कता आसपास हुने जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कन्काईमा जलस्तर खतरा आसपास पुग्न सक्ने महाशाखाको भनाइ छ । प्रदेश १ र २ को चुरे र तराईबाट बहने स–साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना रहेको छ । महाशाखाले भारतीय सीमा आसपास डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार