
डडेल्धुरामा खानेपानीको विषयमा विवाद हुँदा भएको झडपमा एक बालकको मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ६ मा खानेपानीको विषयमा विवाद भई भएको झडपमा परी घाईते भएका बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। झडपमा परी आलिताल गाउँपालिका ६ को भौनाका गणेश महरका १२ वर्षीय छोराको मृत्यु भएको हो।
उनको धनगढी स्थित सारथी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेका चारजनालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले बताए।
