लगातारको बर्षातका कारणले बाजुराका नदिमा पानिको बहाव बढेपछि जिल्लाका दर्जनौ झोलुंगे पुल उच्च जोखिममा रहेका छन् । त्रिबेणी र बुढिगंगा नगरपालिकाको ताप्रीसेरामा रहेको झोलुंगे पुल उच्च जोखिममा रहेको छ । पुल माथि पानि गएपछि आवजावतमा बन्द भएको छ ।
कर्णालीको पिलिचौरमा रहेको झोलुंगे पुल सधैका बर्षातको समयमा जोखिममा बन्ने गरेको छ । त्यो सँगै कर्णाली नदिमा रहेका आधा दर्जनौ पुल जोखिममा बनेका छन् । वाई वाधु जोड्ने पुल, गोत्रि साप्पाटा पुल, रुगिन मुगु बाजुरा हुम्ला जोडने आधा दर्जन पुल जोखिममा रहेका स्वामीकार्तिक गाँउपालिका अध्यक्ष चिरिञ्जीवि शाहिले वताएका छन् । पुल सँगै छोप्ने गरि कर्णाली नदिमा पानिको बहाव बढेपछि बाजुराका कर्णाली पारिका वाई, साप्पाटा, जुकोट गाबिसमा आवत जावत प्रभाबित बनेको छ ।
अछाम बाजुरा जोड्ने पुल, बाजुर्गाड, गुइगाड, कोर्दालिगाड, घटमुना, बाहुली खोला, दहकोट, मौरे, कोटिलाको दैया लगायतका नदिमा रहेका झोलुंगे पुल जोखिममा बनेका स्थानियले बताएका छन् । अन्य बिकल्प नभएपछि ज्यानै बाजि राखेर पुलमा आवत जावत गर्नुपरेको स्थानियले बताएका छन् ।
बर्षौ देखी पुल जोखिममा भएपनि कसैले वास्ता गरेको छैन् । ताप्रीसेरामा लगातार बर्षाले पुल माथि पानि बग्न थालेपछि आवतजावत बन्द भएको छ । पुल माथि पानि जाँदा त्रिबेणी नगरपालिका र बुढिगंगा नगरपालिकामा आउन जान निकै समस्या भएको छ । पुल माथि पानि बगेपछि जति बेला पनि पुल बग्ने सम्भाबना रहेकोले आवतजावतमा समस्या भएको स्थानिय बसन्त थापाले वताएका छन् । गत बर्ष देखी पनि पुल माथि पानि बग्दै आएको थियो ।
बुढिगंगा नदिमा पानि बढेपछि तिपाडा, राप्क अछामको साँफे, बुढाबगर लगायत ठाँउका पुल उच्च जोखिममा रहेका छन् । बुढिगंगा नदिले पुरै कटान गरिरहेको छ, जग्गा कटान गरिरहेको छ, अब घर जाने अबस्था रहेको त्रिवेणी नगरपालिका कमल साउदले वताएका छन् । मार्तडीमा बजार पनि उच्च जोखिममा रहेको छ । बाहुली खोलाको बाढी र मार्तडी बजार नजिकै रहेका सडकहरु भत्किएकाले बजार नै जोखिममा बनेको छ ।