शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • सुत्केरी हुन नसकी ३ दिनदेखी घरमै छटपटाउदै बाजुरा बिच्छ्याकी एक महिला

सुत्केरी हुन नसकी ३ दिनदेखी घरमै छटपटाउदै बाजुरा बिच्छ्याकी एक महिला

  • शुक्रबार, असार २६, २०७७
सुत्केरी हुन नसकी ३ दिनदेखी घरमै छटपटाउदै बाजुरा बिच्छ्याकी एक  महिला

बाजुरा २६ असार — बाजुरा जिल्लाको हिमाली गाउपालिका ३ की एक सुत्केरी महिला तीन दिन देखी सुत्केरी सुन नसरेर घरमै छटपटाई रहेकी छन ।
साबिकको बिच्छाया गासिवस युनाकी २५ बर्षिया लालसरी बुढालाई ३ दिन देखी सुत्केरी ब्याथा लागेको छ । उनको अत्यधिक रगत बगीरहेको आफन्तले बताएका छन् । नजिकै रहेको यूना आधारभूक्त स्वास्थ्य केन्द्रमा लग्दा एक जना स्वास्थ्यकर्मी मात्र उनी गुम्बा गएको भन्ने सुचना पाईयो बिच्छाया स्वास्थ्य चौकीमा स्टेचरमा लग्दा अत्याधिक रक्तश्राबका कारणले अप्ठेरो भयो र बाटोमा पहिरो आएर लिन नसकीएको उनका आफन्त अर्जुन रोकायाले बताए । बिच्छाया स्वास्थ्य चौकी पुग्न यूनाबाट चार पाच घण्टाको पैदल दुरीमा पर्छ । स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई खबर गरेको र उनीहरु बाटोमा आएको पहिरोले बिचमै रोकीको सूचना आएको रोकायाले बताए ।
यता हिमाली गाउपालिकासंग कुरा गर्दा सम्बन्धित स्वास्थ्य चौकीले सिफारिस नगर्दासम्म आफूले कुनै प्रकृया अगाडी बढाउन नसकीने बताई रहेको अर्जुन रोकायाले बताए ।
यूनाबाट बिच्छाया स्वास्थ्य चौकी पुग्नै चार पाच घण्टा लाग्छ । बिच्छायाबाट कोल्टि स्वास्थ्य केन्द बोकेर ल्याउन तीन दिन लाग्छ यायायात छैन । तीन दिनसम्म बोकेर ल्याउदा बिच बाटोमै अलपत्र हुने डर लागी रहेको रोकायाले बताए ।
भिरको बाटो बर्षा याम भएकोले बाटोमा पनि ढोल पहिरा आउने हुदा बोकेर ल्याउन समस्या भएको उनले बताए ।
बाजुरा जिल्लाको सर्बाधिक बिकट मानिने साबिकको बिच्छ्या गाबिसबाट कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र पुग्न तीन दिन लाग्छ भने सदरमुकाममा पुग्न चार पाच दिन लाग्ने गर्छ ।
यतिबेला ग्रामिण सडकहरु लगातारको बर्षाले सबै अबरुद्ध भइसकेकाले कहा लिने कसरी लिने भन्ने बिषयमा अलमलमा परेको आफन्तहरुले बताएका छन ।
यतिबेला लालसरी बुढा घरमै छटपटाइरहेकी छन उनको उच्च रक्तश्राव पनि भइरहेकोले तत्तकाल उपचार सम्भव नभए ज्यानै जान सक्ने त्यहा स्वास्थ्यकर्मीहरुले बताएको आफन्तले जानकारी दिएका छन । सुत्केरी ब्याथा लागेपछि बिच्छ्या स्वास्थ्य चौकी गएको र उपचार असम्भ भएकोले कोल्टि प्रथामिक केन्द्र रिफर गरेको थियो । बाटोको अप्ठेरोले घर गएको उन बुढाका आफन्तले जानकारी दिएका छने ।

चर्चामा

सम्बन्धित समाचार