शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुरा बुढिगंगामा बगेर ब्यपत्ता भएका प्रताप थापाकाे शव अछाममा भेटियाे

बाजुरा बुढिगंगामा बगेर ब्यपत्ता भएका प्रताप थापाकाे शव अछाममा भेटियाे

  • बिहिबार, असार २५, २०७७
बाजुरा बुढिगंगामा बगेर ब्यपत्ता भएका प्रताप थापाकाे शव अछाममा भेटियाे

बाजुरा — असार २२ गते  बुढीगंगा नगरपालिका–१ अम्कोटको द्धारीमा स्थित बुढीगंगा नदीमा बगेर बेपत्ता भएका किशोर प्रताप थापाको शव भेटिएको आफन्तले बताएका छन् । शव चार दिनपछि भेटिएको अछामकाे ठाटी नजीकैकाे खाेलाकाे तिरमा रहेकाे अबस्थामा फेला पारेकाे प्रहरीले जनाएकाे छ  ।
अछाम जिल्ला साफेँ नगरपालिका–४ ठाँटीको बारेकुना दहमा बेवारिसे अवस्थामा रहेको स्थानीयले खवर गरेपछि शवको पहिचान गरेपछि शव भेटाएको प्रहरीले जनाएकाे छ । बेपत्ता भएको सोही नगरपालिका–२ का प्रताप थापाको खोजीका लागि नेपाली सेनाको हृेलिकप्टर मार्फत शसस्त्रको गोताखोर टोली बुधबार बाजुरा आइपुगेको थियो । गोताखोरले बेपत्ता भएको द्धारीको बुढीगंगा नदीमा गरिरहेका भएपनि पानीको बहावका कारण बगाएर अछाम पुर्याएको प्रहरीले जनाएकाे छ।
उनले आफन्तले शवको मुचुल्का बनाएर  दाहासंस्कारका लागि बुझाउने गरी प्रहरीले तयारी थालेको प्रहरी निरीक्षक दान बहादुर राेकायाले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार