शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • बाह्रबिसे बाढी : ४ जना घाइतेलाई उपचारका लागि काठमाडौं लगियो

बाह्रबिसे बाढी : ४ जना घाइतेलाई उपचारका लागि काठमाडौं लगियो

  • बिहिबार, असार २५, २०७७
बाह्रबिसे बाढी : ४ जना घाइतेलाई उपचारका लागि काठमाडौं लगियो

 बुधबार राति भोटेकोसी नदीमा आएको बाढीमा परि घाइते भएका बाह्रबिसेका ४ जनालाई उपचारका लागि काठमाडौं लगिएको छ । बाढीमा परि घाइते भएका सविता बस्नेत र सुवेश तामाङलाई कैलाश एयरमार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । त्यस्तै फुर्वा तामाङ र अर्का १० दिने शिशुलाई माउन्टेन एयरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौंको ह्याम्स अस्पताल लगिएको उनले जानकारी दिए ।  लगातारको वर्षासँगै बुधबार राति भोटेकोसी नदीमा आएको बाढीका कारण बाह्रबिसे नगरपालिकाको जम्बुमा २ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार