

मोहन अस्पत्तालमा भर्ना भएकाछन म एक पटक भेट गरेर आउँछु।भन्दै मणिले साथिहरु सँग बिदालिएर जान्छ।मणि एउटा सामाजिक कार्याक्रता हो उ देश प्रवाशमा हुँने गरिब मज्दुरको हितमा सदै अग्रिम पंक्तीमा रहँदै आएको एउटा ईमानदार कर्मठ कार्याक्रता हो। आज यँहा साथिहरुको भेटघाटको कार्याक्रम थियो।जाडोको दिन अलि छोँटानै हुँन्छन सिमसिमे पानी परेकोले चिसो पनि बढेको थियो।साईकिलमा भिज्दै भिज्दै भयपनि उ अस्पत्तल पुग्छ टिवीको अस्पत्ताल सहर भन्दा अलि पर भएकोले उस्लाई पुग्न अलि समय लाग्छ। अस्पत्तालको एउटा बैडमा मोहन पल्टेका थिए तर उन्का साथि भने कोहि थिएनन।
उन्लाई सहरमा चौकिदारी गर्दा गर्दै चक्र आयो त्यो बिमार परेकोले एकजनाले अस्पत्ताल सम्म ता पुराएछ पछि उस्लाई छाडेर गयो।डाक्टरले मणिलाई यँहा तिमिहरुको नेपाली भर्नाछ भनेर फुन गरेकोले मणि लाई जानकारी भयको हो। टेबुलमा एउटा पर्चि थियो जो डाक्टरले भाईर बाट औषधी ल्याउँन लेखेर छाडेको रैछ।मणि पुग्दा बित्तिकै मोहनले दुई हात जोड्दै उठ्न खोज्छ तर मणिले न उठ्न भन्दै सिरानीमा सिर राख्न मद्त गर्छन।नर्सले टेबुलको पर्चि मणिलाई दिँदै यो औषधी छिट्टै ल्याई दिन भन्छे।यो मरिज सँग अर्को मान्छे नभयकोले उपचार गर्न ढिला भयको जानकारी पनि गराउँछे।मोहन सँग पैसापनि छैन।
यस्तो अबस्थामा मणिले के गर्ने के नगर्ने?मणि केही नबोली पर्चिलिएर मेडिकल तिर लाग्छ।औषधी लिएर पुग्दा डाक्टर पनि आई पुगेका थिए। मणिले औषधी दिन्छ,नर्सले उस्लाई सुई लगाई दिन्छे मोहन लाई टिवी भयको डाक्टरले रिपोर्ट दिन्छन।र तिन मैना जति नियमित औषधी खाने र बाईलो बार्ने भन्छन।जस्मा धुर्मपान मदिरा आदी लाई हात न लगाउँने भन्दै सम्झाउँछन। उस्को फोक्सामा इन्फैक्सन भयको र ला-प्रबाही गरे ज्यान जान सक्ने कुरा बताउँछन।एक दुई दिन उस्लाई अस्पत्तालमै राख्ने भन्छन।यो अत्यान्तै गरिब हो प्राईबेट बजारको चोकिदारी गर्छ!भन्दै मणिले केहि डाक्टरको फिसपनि कम गराउँछन।आज मणिलाई रात परिसकेको थियो मणिले आफ्नै एउटा बच्चालाई अस्पत्तालमा बसालेर आफु फर्किन्छन।उन्लाई पनि बिहानै काम मा जानु पर्छ। भोली पल्ट फेरी अस्पत्तालमा गयर डाक्टर सँग सल्हागरी नजिकै छ केहि भय ल्याएर आउँला भन्दै छुट्टि गराउँन भन्छ।डाक्टरले पनि केहि नभनी मोहनलाई छुट्टि दिन्छ।
उस्लाई रक्सि बिडी सुर्तिजन्या चिज नखान डाकटरले पनि भन्छन।अहिले सम्म मणिकै पैसा खर्च भएकोछ। अब हजूरलाई निको हुँदै जान्छ घरमा आराम गर्नुहोला डाकटरले भनेको सबै बाईलो अनिबार्य बार्नुहोला भन्दै उस्लाई क्वाटरमा छाडेर मणि आफ्नो क्वाटरमा पुग्छन।भोलि पल्ट फेरी साथिहरु सँग मोहनको बारेमा र अस्पत्ताल बाट छुट्टि गराएर क्वाटर सम्म पुराएको कुरा मणिले बिस्तार पूर्वक भन्छ।औषधीको र अस्पत्तालमा आफु गएको बेलाको अबस्थापनि साथिहरुलाई अपगत गराउँछ।तरपनि साथिहरुको मत भिन्दै आउँछ।उनिहरुले पैसा खर्च गर्ने भन्दा पहिले किन सोधिएन भन्दै पैसा समाजले नब्यहोर्ने जस्ले खर्च गय्रो उसैले आफै ब्यहोर्ने कुराहरु आउँछन।ठिकैछ अब मैलेपो केभन्न सक्छुर भन्दै मणि बाटो लाग्छन। जस्तै उनि उस्लाई हेर्न भनेर गल्लिमा पुगेका थिए मोहन लाई देखेर हैरन हुँन्छन।उस्ले रक्सिको ठेक्का भाईर रक्सिलिँदै थियो।मोहन जी के गरेको यो ?मणि अलि चर्केर बोल्छ।
केहि हैन भन्दै एउटा पौवा लाई आफ्नो खोल्टिमा राखेर अगाडि बढ्न थाल्छ।मणिले उस्लाई हप्काउँदै हेर त्यो डाक्टरले तिमिलाई के भनेको थियो?तीमिले रक्सि खाउ भने तीमि बाँच्दैनौ बुझिउ भन्दै त्यो पौवा फर्काई दिउ भन्दा भन्दै उस्ले पौवाको ढक्कन खोलेर सर्लक्कै पार्दिन्छ। तिमी मान्छे होईनौ,जनावार हौ!मणि रिसले चुर हुँदै भन्छ। खान्छु हाम्रो रक्सि खाने जात हो भन्दै झनै जर्किन्छ।के रक्सि खाने पनि जात हुँन्छ भोली तिमि बिमारी भयपछि कस्ले हेर्छ तीमिलाई भन्दै मणि कराउँछ।आखिर उसैको लागि त कराएको छ मणि तर उस्को दिमाखमा कुरा पसे पो। तिमिले मलाई दलित भनेर ह्यापेका हौला! मैले आफुले कमाको पैसाले रक्सि पनि खान पाउँदैन।हाम्रा ता देवतालेपनि खान्छन रक्सी भन्दै गनगन गर्छ ।
उस्लाई अहिले भर्खरै पिएको त्यो रक्सि ले मताई सकेको थियो।मणि रिसले चुर बिस्तारै फर्केर आफ्नो क्वाटरमा पुग्छ।के साँच्चै रक्सी खानेपनि जात हुँन्छ अनि देवता पनि त कस्ता हुँन रक्सी खाने भन्दै मणिले मनमनै सोँच्छ।राति मणिलाई यस्तै सोँचेर अबेरा सम्म निन्द्रा लागेन। तर आर्को दिन मणिको हातमा निवेदन थियो त्यो केभने मोहनले आफुलाई जातिसुचक गालिगरेको भन्दै न्याए पाउँन मणिको खिलाफ नेपाली समाजलाई निवेदन लेखी पठाएको थियो। ९-०७-२०२०, (नोट कथा काल्पनिक हो कुनै जाति नाम र कसैको निजी जिवन सँग मेल खान गएकोमा मात्र सहंयोग हुँनेछ)
