शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • एआईजी पालले भने– साथीले संगठनको नेतृत्व पाउँदा खुसी छु

एआईजी पालले भने– साथीले संगठनको नेतृत्व पाउँदा खुसी छु

  • बुधबार, असार २४, २०७७
एआईजी पालले भने– साथीले संगठनको नेतृत्व पाउँदा खुसी छु

नेपाल प्रहरीको महानिरीक्षकका दाबेदार एआईजी हरि पालले आफ्नै साथी शैलेश थापा क्षेत्री आईजीपी भएकोमा खुसी व्यक्त गरेका छन्। मन्त्रिपरिषद्को मंगलबारको बैठकले एआईजी क्षेत्रीलाई आईजीमा नियुक्त गरेपछि पालले सरकारले गरेको निर्णय स्वागतयोग्य भएको प्रतिक्रिया दिएका हुन्।

‘मेरो मिल्ने साथी आईजी भयो, यसमा मलाई गर्व लागेको छ।’ पालले भने। आफूहरुले जो आईजी भए पनि मिलेर काम गर्ने प्रतिबद्धता गरिसकेको भन्दै पालले सरकारले सुझबुझ पूर्ण निर्णय गरिसकेकाले अब मिलेर काम गर्ने बताए।

२०४९ सालमा प्रहरी निरीक्षकबाट सँगै सेवा प्रवेश गरेका थापा र पाल डिएसपी, एसपी, एसएसपी, डिआईजी र एआईजी सम्म पुग्दा सँगसँगै बढुवा भएका थिए। पालको घर सुदूरपश्चिम हो। उनी दार्चुलाको मालिकार्जुन गाउँपालिकामा जन्मिएका हुन् भने उनको घर कञ्चनपुरको भीमदत्त नगरपालिकामा पनि छ।

पालले कास्की, रूपन्देही, धनुषा, नुवाकोट, डडेल्धुरा, प्रदेश २ र विशेष ब्युरोलगायत महत्त्वपूर्ण स्थानको जिम्मेवारी निर्वाह गरेका छन्। हाल उनी अपराध अनुसन्धान तथा कार्य विभागको प्रमुख छन्।

चर्चामा

सम्बन्धित समाचार