शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश १
  • नेपालका चार जिल्ला कोरोना भाइरस मुक्त

नेपालका चार जिल्ला कोरोना भाइरस मुक्त

  • मङ्लबार, असार २३, २०७७
नेपालका चार जिल्ला कोरोना भाइरस मुक्त

काठमाडौं– नेपालका चारवटा जिल्ला कोराना भाइरसमुक्त भएका छन्। देशका तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला कोराना भाइरसमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बुधबार बताए। यस्तै पाँच सयभन्दा बढी कोरोना संक्रमित हुने जिल्लाको संख्या ६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरी, रौतहट, पाल्पा, अछाम र बाजुरामा ५ सयभन्दा बढी संक्रमित छन्।

नेपालका ७७ जिल्लामध्ये चार जिल्ला कोरोना ‘फ्रि’ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चार जिल्ला कोरोना फ्रि भएको जानकारी दिएका हुन् ।  गौतमका अनुसार प्रदेश १ का तेह्रथुम, भोजपुर र सोलुखुम्बु  र कर्णाली प्रदेशको हुम्ला जिल्लामा पछिल्लो समय संक्रमित नदेखिएका हुन् ।

कोरोना संक्रमितको संख्या १६ हजार नाघ्‍यो 
नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार संक्रमितको संख्या १६ हजार एक सय ६८ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र २०४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । सोमबार १८० जनाको रिपोर्ट पोजिटिभ आएको थियो ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार एक सय ३३ जनाको पीसीआर परीक्षण गरिएको छ । अहिलेसम्म दुई लाख ६१ हजार आठ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ ।  अहिले २५ हजार सात सय २७ जना क्वारेन्टाइनमा छन् भने आठ हजार जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।

कोरोना संक्रमितमध्ये ४६ प्रतिशत डिस्चार्ज 
नेपालमा कुल कोरोना संक्रमितमध्ये ४६ प्रतिशतले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता  गौतमका अनुसार अहिलेसम्म संक्रमितमध्ये ४६.४ प्रतिशतले कोरोना जितेका हुन् । पछिल्लो २४ घण्टामा मात्र चार सय ९९ जनाले कोरोना जितेका छन् ।

चर्चामा

सम्बन्धित समाचार