शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • अछाम बन्यो सुदूरपश्चिममै सबैभन्दा बढी कोरोना संक्रमित रहेको दोश्रो जिल्ला

अछाम बन्यो सुदूरपश्चिममै सबैभन्दा बढी कोरोना संक्रमित रहेको दोश्रो जिल्ला

  • मङ्लबार, असार २३, २०७७
अछाम बन्यो सुदूरपश्चिममै सबैभन्दा बढी कोरोना संक्रमित रहेको दोश्रो जिल्ला

हाल सम्म पुष्टी भएको नतिजा अनुसार सुदूरपश्चिम प्रदेशमा अछाम जिल्ला दोश्रो बढी कोरोना संक्रमित भएको जिल्लामा रहेको छ। सबै भन्दा बढी कैलालीमा संक्रमित छन् भने त्यसपछि दोश्रोमा अछाम जिल्लामा रहेका छन्।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या तीन हजार ८ सय ७८ पुगेको छ। प्रदेशमा सबैभन्दा बढि कैलालीमा ८ सय ५६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

अछाममा पाँच सय ८७, बाजुरामा पाँच सय ५९, डोटीमा पाँच सय ५६ जनाामा कोरोना पुष्टि भएको छ। कञ्चनपुरमा चार सय २९, डडेल्धुरामा दुई सय ६७, बैतडीमा दुई सय ६१, बझाङमा एक सय ४६ र बाजुरामा १७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

सात वटा प्रदेशमध्ये सबैभन्दा बढी कोरोना संक्रमित फेला परेका प्रदेशमा सुदूरपश्चिम तेस्रोमा छ। प्रदेश २ र प्रदेश नम्वर ५ पछि नेपालमा सबैभन्दा बढि कोरोना सुंक्रमित सुदूरपश्चिममा रहेका हुन्।

सुदूरपश्चिमभन्दा बढि संक्रमण पुष्टि भएका प्रदेश नम्वर २ मा चार हजार एक सय ६० र प्रदेश नम्वर ५ मा तीन हजार नौँ सय ६७ जनामा कोरोना पुष्टि भएको छ।

कर्णली प्रदेशमा एक हजार पाँच सय ७८, गण्डकी प्रदेशमा एक हजार एक सय ५०, प्रदेश नम्वर १ मा ६ सय ९२ र बाग्मती प्रदेशमा पाँच सय ५९ जनामा कोरोना पुष्टि भएको छ।

सुदूरपश्चिममा कोरोना पुष्टि भएका ८ जनाको मृत्यु भईसकेको छ भने संक्रमित मध्ष्ये ६ सय ६२ जना डिस्चार्ज भएका छन्।

चर्चामा

सम्बन्धित समाचार