बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि

  • आइतवार, असार २१, २०७७
सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि

धनगढी: सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा ३३ पुरुष र १२ महिला गरी ४५ जनामा कोरोना पुष्टि भएको हो।

कञ्चनपुरको पुर्नरवास नगरपालिकाका २० पुरुष र ८ महिला गरी २८ जना, कैलालीको गोदावरी नगपालिकाका ८ पुरुष र एक महिला गरी ९ जना, कैलालीकै धनगढी उपमहानगरपालिका ८ की २ महिला, कैलालीकै टीकापुर नगरपालिकाका एक पुरुष र डडेल्धुराको परशुराम नगरपालिकाका ४ पुरुष र एक महिला गरी ५ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार पछिल्लो २४ घण्टामा एक सय ३७ जनाको कोरोना परीक्षण भएको छ। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार ६ सय ३९ पुगेको छ। #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार