शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश १
  • देश भर १६ विपद्का घटना, ९ को मृत्यु, २० घरमा क्षति

देश भर १६ विपद्का घटना, ९ को मृत्यु, २० घरमा क्षति

  • आइतवार, असार २१, २०७७
देश भर १६ विपद्का घटना,  ९ को मृत्यु, २० घरमा क्षति

मुलुकभर विभिन्न जिल्लाका १६ स्थानमा बाढी, पहिरो, आगलागी, चट्याङ र सर्पदंशका घटना भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ ।

प्राप्त जानकारीअनुसार बझाङको मल्लेसीमा भेल पहिरो खस्दा छ जनाको मृत्यु भएको छ । त्यहाँ पहिरोले झण्डै २० घरमा क्षति पु¥याएको छ । सिराहामा र धनुषामा सर्पको टोकाइबाट तीन जनाको मृत्यु भएको छ । नुवाकोटमा सर्पको टोकाइबाट एकजना घाइते भएका छन् । खोटाङ, डोल्पा, मोरङ र भक्तपुरमा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ ।

यस्तै मकवानपुर र प्यूठानमा चट्याङ परेको छ । सिन्धुपाल्चोक र गुल्मीमा पहिरो गएको तथा प्यूठान र कैलालीमा बाढी आएको प्राधिकरणले आज सूचनामार्फत जनाएको छ । आज भएको विपद्का घटनामा झण्डै एक करोड बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार