
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष राम नाथलाई बलात्कारको आरोप लागेको छ। वडा नम्वर ९ ब्रह्मदेवमा नै व्यवसाय गर्दै आएकी एक महिलाले वडाध्यक्षमाथि जवरजस्तीकरणी उद्योगमा जाहेरी दिएकी हुन्।
बिहिवार दिउसोदेखि पीडित महिलाकै पसलमा मदिरा सेवन गरिरहेका वडाध्यक्षले राती सवा ८ बजे उनीमाथि दुव्र्यवहारको प्रयास गरेपछि नाथ पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थपा क्षेत्रीले वडाध्यक्ष नाथविरुद्ध जवरजस्तीकरणी उद्योगमा जाहेरी आएपछि म्याद थप गरिएको बताए।
‘जिल्ला अदालत कञ्चनपुरबाट पाँच दिन म्याद थप भएको छ,’उनले भने, ‘थप अनुसन्धान भईरहेको छ।’ यसअघि बिहिवार राति स्थानीयले महिलामाथि वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले नै दुव्र्यवहारको प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय ब्रह्मदेवलाई घेराउ गरेका थिए। मदिरा सेवनपछि वडाध्यक्षले अंगालो हाल्दै ‘चुम्बन’ मागेको स्थानीयको आरोप छ।
