शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बाजुरा भैसी खर्कमा चट्याङ लाग्दा ८ बर्षािया बालकको मृत्यु १ जना घाइते

बाजुरा भैसी खर्कमा चट्याङ लाग्दा ८ बर्षािया बालकको मृत्यु १ जना घाइते

  • शनिबार, असार २०, २०७७
बाजुरा भैसी खर्कमा चट्याङ लाग्दा ८ बर्षािया बालकको मृत्यु १ जना घाइते

बाजुरा — बाजुरा बुढिनन्दा नगरपालिकाे वडा न १० मा  भैसी खर्कमा चट्याङ लाग्दा ८ बर्षिया बालककोे मृत्यु १ जना  घाइते भएका छन् । बुढिनन्दा नगरपालिका वडा न १० पाण्डुसैनको कालापाटन भन्ने ठाउँमा भैसीखर्कमा बसिरहेकका बेला राती परेको चट्याङ लागेर ८ बर्षिया बालक दिपेश बोहराको घटना स्थलमै मृत्यु भएको मृत्यकका ठुलाबुवा अन्दाजी बर्ष ४९/५० का सौउरे बोहरा घाइते भएको उनका आफन्तले बताएका छन् ।
यता जिल्ला प्रहरी कार्यालयमा भने घाइते भएको खवर प्राप्त भएको मृत्यु भएको खवर नआएको प्रहरीले बताएको छ । घटना स्थलतर्फ पाण्डुसैन अस्ताइ प्रहरी पोष्टबाट प्रहरीको टोली हिडीसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटना स्थल पुग्न गाउँबाट करिव ५ घण्टा लाग्ने गरेको स्थानीयले बताएका छन् । घटनाको बिस्तृत जानकारी प्रहरीको टोली घटना स्थल पुगीसकेपछी मात्र आउने प्रहरीले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार