बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • देश
  • कोरोना संक्रमितको उपचार सँगै, कोरोना जित्ने बाजुराका यि महान स्वास्थ्यकर्मी

कोरोना संक्रमितको उपचार सँगै, कोरोना जित्ने बाजुराका यि महान स्वास्थ्यकर्मी

  • शुक्रबार, असार १९, २०७७
कोरोना संक्रमितको उपचार सँगै, कोरोना जित्ने बाजुराका यि महान स्वास्थ्यकर्मी

लक्ष्मीराज पाध्याय– कोरोनाले बिश्व नै त्रसित भइरहेको छ, नेपालमा पनि तिब्र रुपमा बढिरहेको छ । त्यसैमा बाजुरा धेरै कोरोना संक्रमित भएको जिल्लाका रुपमा रहेको छ । बाजुरामा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ, यसले गर्दा प्रत्यक्ष बिरामीको सम्पर्कमा रहने स्वास्थ्यकर्मी त झनै जोखिममा रहेका छन् ।
बाजुरामा ४ सय ४१ जना कोरोना संक्रमितको सख्या पुगिसकेको छ, यो नेपालमा धेरै संक्रमित भएको जिल्लाहरुका रुपमा छ । बाजुरामा ७ जना स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । भारत बाट आउन संख्या बढेसँगै बाजुरामा अग्रमोर्चामा स्वास्थ्यकर्मी खटिए, उनिहरुको नियमित चेकजाँच सँगै ब्यबस्थापनमा लागि रहे । रातदिन नभनि कोरोना जोखिमतालाइ पनि वेवास्ता गरेर स्वास्थ्यकर्मी अग्रमोर्चामा लडिरहे, उनिहरुको चेकजाँचमा कटिबद्ध भएर लागे ।
नेपालमै झाडापखालाका बिरामीले क्वारेनटाइनमा जिवनजल नपाएर मर्नु परेको अबस्था सार्वजनिक भए तर बाजुरामा भने स्वास्थ्यकर्मीले कोरोना संक्रमित बिरामी र क्वारेनटाइनमा बिरामी परेकालाई उपचार गरिरहे । आफु संक्रमित हुँदा सम्म पनि बिरामीको उपचारमा पछि हटेनन् ।
संक्रमितको चेकजाँच सँगै उपचार गर्दा बाजुरामा ७ जना स्वास्थ्यकर्मी संक्रमित भए ६ जनाले कोरोना नै जितिसकेका छन्, एकजना आइसोलेसनमा रहेकि छन् । बडिमालिका नगरपालिका ४ जना, स्वास्थ्य कार्यलयका २ जना र १ जना जिल्ला अस्पताल बाजुराका स्वास्थ्यकर्मी संक्रमित भए । संक्रमित स्वास्थ्यकर्मीले कोरोना संक्रमितको चेकजाँच सँगै कोरोना सँग नै लडिरहे, ६ जनाले कोरोना पनि जिते ।
कोरोना जित्ने ६ जना स्वास्थ्यकर्मी बडिमालिका नगरपालिका स्वास्थ्य संयोजक टेक बहादुर खड्का, एचए भेषराज पण्डित, एचए तिलक न्यौपाने, ल्वाब असिटेन्ट गंगा थापा, स्वास्थ्य कार्यलय बाजुराका ल्याब असिटेन्ट रतन बुढा र जिल्ला अस्पताल बाजुराकी स्टाफ नर्स सर्मिला पाण्डे रहेकी छन् । उनिहरु भन्छन्, यो बेला जागिर भन्दा पनि स्वास्थ्यकर्मीको दायित्व र मानविय सेवा कर्म पनि हो, हामी संक्रमित हुँदा सम्म पनि कति डराएनौ, फेरी पनि बिरामीको उपचार खटिने तयार रहेका वताँउछँन ।
बडिमालिका नगरपालिका स्वास्थ्य संयोजक टेक बहादुर खड्का भन्छन्, २४ घण्टा चेकजाँच र उपचारमा खटिरहेकी थियौ । पछि हामि पनि पोजेटिभ भयौ, अहिले त हामीले कोरोना जित्यौ, अहिले हामिमा कुनै बिचलन छैन्, हामिलाइ थप प्ररेणा मिलेको छ, अब संक्रमितको उपचार बाट पछाडि नहटने खड्का बताँउछन् । आफुहरु संक्रमित हुँदा स्थानिय तह, स्वास्थ्य कार्यलय, अस्पताल बाट ठुलो सहयोग पुगेको उनिहरुले वताएका छन् । बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले पटक पटक आफुहरुलाई भेट गर्ने, फोन गर्ने गरेको स्वास्थ्यकर्मी बताँउछन् ।
बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवाल भन्छन्, यो संकटको बेला स्वास्थ्यकर्मीले निकै राम्रो काम गरेको छ । स्वास्थ्यकर्मीले बिभिन्न कारण देखाएर पनि काम गर्न नसक्थे्, तर त्यो स्वास्थ्यकर्मीमा छैन्, । हामि ज्यानको बाजि राखेर भएपनि कोरोना संक्रमितको उपचारमा लाग्छु भन्छन्, उनको कामको मुल्याकंननै गर्न सकिदैन् वडुवालले थपे । स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्त भन्छन्, स्वास्थ्यकर्मीले निकै उत्कृष्ट काम गरेको छ, संक्रमित हुदा पनि उनिहरुमा कुनै निराशा नभएको अहिले कोरोना जितेर पनि फेरि नियमित काममा फर्किसकेको पन्तले वताए ।

चर्चामा

सम्बन्धित समाचार