शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिवेणी नगरपालिका वडा नम्वर ७ लाई पुर्ण पोषण मैत्री स्वास्थ्य संस्था घोषणा

त्रिवेणी नगरपालिका वडा नम्वर ७ लाई पुर्ण पोषण मैत्री स्वास्थ्य संस्था घोषणा

  • बिहिबार, असार १८, २०७७
त्रिवेणी नगरपालिका वडा नम्वर ७ लाई पुर्ण पोषण मैत्री स्वास्थ्य संस्था घोषणा

 चक्र बहादुर अएडी– बाजुराको त्रिवेणी नगरपालिका वडा नम्वर ७ लाई हिजो पुर्ण पोषण मैत्री स्वास्थ्य संस्था वडा घोषणा गरिएको छ । वडा नम्वर ७ मा रहेका पाँच बर्ष मुनिका ८२ जना बालबालिकाहरु कुपोषण मुक्त र दुई जना बालबालिका मात्र कुपोषण रहेको स्वास्थ्य कार्यलयले जनाएको छ । कुपोष देखिएका ती दुई जना बालबालिकालाई पनि कुपोषण मुक्त बनाउने उदेश्यले कामलाई अगाडि बढाईने वडा नम्वर ७ का वडा अध्यक्ष प्रेमबहादुर थापाले बताए ।

थापाका अनुसार सो कार्यक्रम गर्भवति महिलालाई पनि चार पटक चेक जाँच गर्ने हरियो सागपात , गेडागुडी को झोेल लगाएतका पोषिलो खानेकुरा खान पनि सल्लाह दिएको बताए । अव यो कार्यक्रम त्रिवेणी नगरपालिका का सबै वडाहरुमा संचालन गरिने जानकारि दिए । कार्यक्रम कैलाशमाण्डौ डाँडामा रहेको स्वास्थ्य चौकिमा संचालन गरिएको थियो ।

कैलाशमाण्डौ स्वास्थ्य ईन्चार्ज प्रकाश विक्रम शाहिले कार्यक्रमको बारेमा जानकारि गराएको थियो ।वडा अध्यक्ष प्रेम बहादुर थापाको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको प्रमुख अतिथि वडा नम्वर ९ का वडा अध्यक्ष विरबहादुर विस्ट रहनु भएको थियो भने विशिस्ट अतिथि वडा नम्वर ८ का वडा अध्यक्ष भिम बहादुर थापा रहनु भएको थियो । कार्यक्रम संचालन रामसिंह विस्टले गर्नुभएको अध्यक्ष प्रेमबहादुर थापाले जानकारि दिए ।

चर्चामा

सम्बन्धित समाचार