शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा स्थायी समिति बैठक स्थगित

नेकपा स्थायी समिति बैठक स्थगित

  • बिहिबार, असार १८, २०७७
नेकपा स्थायी समिति बैठक स्थगित
फाइल फाेटाे

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ। बिहीबार मध्यान्ह १२ बजेतिरबाट सुरु भएको बैठक केही समय बसेर स्थगित भएको हो। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित नभएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक सुरु गरेका थिए।

बिहीबार बिहान मन्त्रीपरिषद् बैठक राख्नु अगाडि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए। मध्यान्ह बसेको मन्‍त्रिपरिषद्को बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । स्थायी समितिको बैठकमा ओलीको राजीनामा माग्दै चर्काचर्कीभएपछि आन्तरिक कलहले गम्भीर मोड लिएको छ।

पार्टीभित्रैबाट चर्को आलोचनासहित राजीनामा माग भएपछि तनावमा रहेका प्रधानमन्त्री ओली बचाउको रणनीतिसहित बुधबारदेखि व्यक्तिगत र समूहगत छलफललाई तीव्र बनाएका छन्। बिहीबार बिहान पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न ओली समूहका नेताहरु खुमलटार पुगेका थिए। छलफलमा ओली निकटका ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल र योगेश भट्टराई सहभागी थिए।

स्रोतका अनुसार भेटमा प्रचण्डले आफूलाई भन्दा पनि ओलीलाई सम्झाउन र पहिले भएका सहमति कार्यान्वयनका लागि मनाउन सुझाव दिएका थिए। ओलीले बुधबार पनि दिनभर सरकारका मन्त्रीहरू र आफू निकटका स्थायी कमिटी सदस्यहरूसँग छलफल गरेका थिए। #अन्नपुर्ण

चर्चामा

सम्बन्धित समाचार