शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • डाक्टर गोबिन्द केसी जिल्ला अस्पताल बाजुरामा बिरामीकाे उपचार गर्दै

डाक्टर गोबिन्द केसी जिल्ला अस्पताल बाजुरामा बिरामीकाे उपचार गर्दै

  • बिहिबार, असार १८, २०७७
डाक्टर गोबिन्द केसी जिल्ला अस्पताल बाजुरामा बिरामीकाे उपचार गर्दै

डाक्टर गोबिन्द केसी जिल्ला अस्पताल बाजुरामा पुगेर बिरामीकाे उपचार गरिरहेका छन् । बुधवार सदरमुकाम मार्तडि पुगेका केसीले बिहिवार बिहान बाट अस्पतालमा पुगेर बिरामिकाे उपचार गरिरहेका जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्माले वताएका छन् ।

चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी बाजुराकाे काेल्टि र हुम्लाकाे मैलामा उपचार गरेर उनि बाजुरा पुगेर बिरामीको उपचार गरेका थिए । साेमबार र मंगलवार प्राथमिक स्वास्थ्य केन्द्र पुगेका केसीले बिरामीको चेकजाँच सँगै उपचार गरिरहेका थिए। काेल्टिमा उनले बिरामीकाे अप्रेसन समेत गरेका थिए ।

डाक्टर केसीले यो भन्दा पहिला बझाङ्ग, दार्चुल्ला, बैतडी लगायत जिल्लामा पुगेर सेवा दिइसकेका थिए । बाजुरा रहँदा उनले समग्र जिल्लाको स्वास्थ्य अवस्थाको बारेमा बुझ्नुका साथै बिरामीको उपचार समेत गर्ने जिल्ला अस्पताल बाजुराका डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् । केसीले बाजुरा र हुम्लाका दुर्गम गाँउको स्वास्थ्य अबस्था समेत बुझेका थिए ।

बेलाबेलामा मेडीकल माफिया, नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध तथा मेडीकल कलेज खोल्न माग गर्दै आएका उनी १७ औं पटक अनसन बस्न डडेल्धुरा पुगेका थिए ।केसी शुदुरपश्चिम प्रदेशका दुर्गम गाँउमा मात्र नभई कर्णाली प्रदेशका दुर्गम गाँउमा पुगेर बिरामीको उपचार सँगै निशुल्क औषधि दिईरहेका छन् । अघिल्लाे बुधवार मात्र बाजुराको कोल्टि पुगेका डा. गोबिन्द केसीले आइसोलेसनमा रहेका बिरामीको उपचार गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार