शुक्रबार, पुस २६, २०८१

अहेँकार (कथा)

  • बिहिबार, असार १८, २०७७
अहेँकार  (कथा)

सुरेशकुमार पान्डे। यो एउटा पौरखी देशको कथाहो जँहा को छिमेकी चत्तुर थियो उस्मा ठुलो घमण्ड अहेँकार थियो। उस्ले कसैलाईपनि देखेर राजी थिएन।किन भने उस्ले अरु छिमेकिलाई लाई लेखो लाउँदैन बरु उनिरुलाई आफ्नो दवाबमा राख्ने उस्को ब्यबहार र नियति नै छ। आज संसारमा कोरोनाको कहरले आतंकीत भयकाछन।

यस्तो अबस्थामा पनि यसरी बार्ता समितिहरु ले आज बिहानै देखुन भुत्ले,बेथिती,र एकजना अतिथी,सँग सेशकान्तका मन्त्रि हरुको मिटिङ चल्दै थियो। सेश कान्तले भर्खरै भुत्ले ले कब्जा जमाएको केहि भुभागलाई मुक्तगर्ने प्रयास गरेकोले भुत्लेको रिसले चरम सिमा नागेको हुँन्छ।आज उस्ले सेशकान्तको सरकार ढाल्ने र तेलाई राजपाठ बाट बेदखल गर्ने योजनामा छ।उता कुर्चिका भोकाहरु भुत्लेको शडयन्त्रमा फसिसकेकाछन। हिँजो देशमा जनयुद्धको नाउँमा क्रान्तिकारी युवाहरुलाई मराउँने हरु,राजा को चंगुल बाट तिमिलाई जोगाउँने हामि हौँ !आज तिमिहरु सरकारमा बसेपछि जे मन लाग्यो त्यहि गर्ने?भुत्ले गर्जिँदैछ!किन की हिजो उस्ले देशको अर्थ ब्यबस्था डामाडोल पार्न राज तन्त्रको बिरुद्धमा उठेको आवाजलाई मलजल मात्र दिएन त्यँहा आतङ्क फैलाउँन ठुलो योगदान दिएको थियो।ताकि त्यही आन्दोलनको ओटमा आफ्नो स्वार्थ पुरागर्ने मौका मिलोश।

तर उस्ले जो चाहेको थियो त्यो हुँन सकेको थिएन।किन कि सेशकान्त को मात्रै सरकार थिएन यो सरकारको प्रमुख राते थियो। थाहाछ तिमिहरु भुमिगत भयको बेलामा आफ्नो शंरक्षाणमा राख्यौँ धन गोला बारुद्ध जे माग्यो त्यो हामिले दियौँ।अहिले हामि सँग सिनाजोरी गर्ने!भन्दै भुत्ले रिसले रनफन्निन्छ। हामिहरुले आफ्नो स्वार्थ पुरागर्न कुनैपनि हद पारगर्ने छौँ बुझियौँ?भन्दै भुत्ले त्यँहा बसेका मन्त्रिहरुलाई राता राता आँखाले नियाल्छ।कसैले केहि बोल्ने सहाश जुटाउँदैनन। माहौल एकदम प्रतिकुल बन्दै गयको थियो शेशकान्तलाई सरकार कसरी जोगाउँने भन्ने भन्दापनि राते लाई कसरी एक्लाउँने चिन्ता छ।उता अर्का पुतलीलाई ठिक्क पारेको थियो सरकार ढालेर अब पुतलीमा हस्तानतरण गर्ने योजना भुत्लेको छ।किनकी उस्लाई लागेकोछ अब यो राते र सेशकान्तको सरकारले उस्को फाईदा गर्दैन,यस्लाई बद्नाम गरेर भाईर निकाल्न पाए देखि आफुले पुतलीलाई आफ्नो कटपुत्ली बनाएर स्वार्थ पुरा गर्ने दाउँमा छ।

यँहाका प्रजाले सदियौँ देखुन लडेर जनतन्त्रको ब्यबस्था गरेका त छन तर छिमेकिको राजा भुत्ले को स्वार्थ पुरा नहुँदा सम्म उस्ले समर्थन गर्ने कुरा नै भैन।त्यसैले खिचातानी सुरु देखिनै चलेकैछ। आज बिहान बाटै भुत्ले ले आफ्ना बिष्वाश पात्र भनिनेहरुको मिटिङ बोलाएकर उनिहरुलाई धम्काउँदै थियो। जस्को खान्छौ तेस्को गुन गाउँन पर्छ भन्दै राता आँखा देखाउँदै थियो।उस्लाई आफुले कब्जा जमाएको भुमी छुडाउँनमा सरकारलाई दिएको समर्थन बारे भित्र भित्रै आगो सल्केको थियो।

उस्ले आफ्ना छिमेकिहरुलाई आफ्नो बराबरी गर्न दिँदैनथ्यो।कुनैन कुनै बहानामा छेमिकि देशहरुमा कब्जा जमाउँने,वा आफ्नो बजार बनाउँने त्यँहाको सरकारलाई पेण्डलुम बनाउँने उस्को नीति रहँदै आएको थियो। त्यसैले छिमेकमा उस्को कसै सँग राम्रो पनि थिएन।उस्लाई पैसाको ठुलो घमण्ड थियो। अहेँकारमा उस्ले आफ्नै घर भित्र को समर्थनपनि गुमाई सक्यो। होईन सरका मैले के गलति गरेको छुँ हजूरले जे-जे भन्नु भयो स्यानो भाईको हैशियतले आज्ञाको पालना गरेकैछुँ!सेश कान्तले उस्लाई आस्वासन दिन्छ म मरिजाम ठुलो दाई सँगबेमानी गरेको भए-भन्दै हात जोड्छ।केहि काम भयको छैन तँ बाट तँलाई के दिईन मैले तेरो पढाई समेत मैले गराएको हुँ बुझिस!उस्ले फेरी हकलाउँदै भन्छ।आफ्नो छेउँ मै बसेको एजेन्टलाई भन्छ।मलाई मौका दिनुश एकपटक मैले रातेलाई कालो बनाई दिन्छु।

त्यो एजेन्टले भन्छ।दिएकै हो मैले तलाई पनि मोका भुलिस !फेरी उतै घुर्कि ठोक्छ। त्यो राते को राज पाठ राता रात फेर्नु पर्छ त्यो अरू कसेकै उक्साहटमा म सँग निहुँ खोज्दैछ।के म सँग लड्न सक्छौ?होईन सरकार हामि हजूर सँग लड्ने ता सोँचनै सक्दैनौ।हजूरले त्यसो न भनि बक्सियोश हामि हजूरले पालेका हजूर हम्रो पालन हर हुँनुहुन्छ। भन्दै त्यँहा बसेका सबै नतमस्तक हुँन्छन।सरकार त्यँहाको राज पाठको प्रमुख मलाई बनाई दिनुश म मरीजाम हजूर भन्दा भाईर गयछुँ भनी भन्दै!उस्को अगाडि दश औँलाले बिन्ति गर्छ।मेरो हातमा पुरा पावर नहुँनाले हो यस्तो भयको !मरिजाम ढाँटेको भय भन्दै बिष्बाश दिलाउँने प्रयात्न गर्छ।

तँहा बाट आ-आफ्नो कामको जिम्मा लिएर हिँड्छन।यता रातेलाई आफ्नो सरकार कसरी जोगाउँने भन्ने गहिरो चिन्ताछ जनतालाई रिझाउँन केहिन केहित गरेर देखाउँनै पर्छ अहिले ता मात्र कागजमा कोरेको हो त्यो भूमि खालि गरौँदा के-के हुँने हो ?भन्दै मनमनै चिन्ता दर्शाउँछ, फेरी आफै यसो सोचेझैँ गर्छ र गयजाओस सरकार जनतालाई जवाफ दिन पनि सजिलो हुँन्छ मेरो सरकारले गरेको राम्रो काम छिमेकीले रुचाएन र सरकार ढल्यो भन्न फिल्डमा गयँभने जनताको सानुभुतिपनि त मैतिर आउँछ।उस्ले मनमनै कुरा खेलाएर कुटिलता प्रकट गर्दै मुस्कुराउँछ।अहिले सरकारको अगाडि धेरै चुनौतीहरु पनि ता छन।ठिकैछ ढलुस न ढलुश मलाई खासै फरक पर्दैन भन्दै मनैमन आफै मन लाई तिमालछ। ०२-०७-२०२०,

चर्चामा

सम्बन्धित समाचार