बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • हिमाली
  • हिमाली गाँउपालिकामा फलफुल तथा बोट विरुवा वितरण गर्न सुरु

हिमाली गाँउपालिकामा फलफुल तथा बोट विरुवा वितरण गर्न सुरु

  • बुधबार, असार १७, २०७७
हिमाली गाँउपालिकामा फलफुल तथा बोट विरुवा वितरण गर्न सुरु

राजेन्द्र बहादुर रोकाया– हिमाली गाँउपालिकाले फलफुल तथा बोट विरुवाहरु वितरण गर्न सुरु गरेको छ । एक घर बरावर ५ रुख राप्ने , हरावरा वातावरण भन्ने मुल उदेष्यका साथ गाँउपालिकाले फलफुल तथा बोट विरुवा वितरण गर्न थालेको छ । गाँउपालिकाले भुक्ष रहित गर्न र बातावरण प्रदुषण हुनबाट रोक्न उतm कार्य थालनी गर्न लागेको हो ।

गाँउपालिकाको आर्थिक सहयोग र ग्रामिण खाद्य सुरक्षाका लागी वृक्षारोपण कार्यक्रम अन्तरगत उतm कार्य सुरु गरेको हिमाली गाँउपालिकाले जनाएको छ । आज गाँउपालिकाको वडा नं ७ बाधुबाट उतm बोट विरुवाहरु वितरण गर्न सुरु गरेको वडा अध्यक्ष जय बहादुर अधिकारीले जानकारी दिनु भएको छ ।

फलफुल तथा बोट विरुण वितरण कार्यक्रममा कागती , आम , अनार लगाएतका विरुवाहरु वितरण गरेको वडा अध्यक्ष अधिकारीले बताउनु भएको छ । जस मध्य कागती १ सय ९० बोट , अनार १ सय ९ बोट र आम २ सय ९० बोट वडा नं ७ का १ सय ८५ घरधुरीलाई आज वितरण गरिएको बताइएको छ ।

गाँउपालिकाले एक घरका एक जना प्रती एक बोट रोपे बाफत ५ कजी चामल दिने हिमाली गाँउपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लले बताउनु भएको छ । अध्यक्ष मल्लका अनुशार आफैले विरुवा उपलव्ध गराई सुख्वा ठाँउमा विरुवा रोपे बाफत पनी ५ केजी चामल दिने बताउनु भएको छ ।

यसै विच रोयल नौलाकोट पसुपन्छी तथा कृर्षी फार्मको अनुगमन गरिएको छ । नेपाली कांग्रेस बाजुराका संगठन विभाग प्रमुख धनराज पण्डितको नेतृत्वमा १० जनाको टोली पहिला वितरण गरेको गराउन्ड फलमा गएर अनुगमन गरेको सहकर्मी मान बहादुर ऐडीले जानकारी दिनु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार