बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • बाजुरामा कोरोना संक्रमित ४ सय ४० पुगे, छेडेदहमा पनि भेटिए

बाजुरामा कोरोना संक्रमित ४ सय ४० पुगे, छेडेदहमा पनि भेटिए

आज मात्र बुढिनन्दाका २१ र खप्तड छेडेदहका ७ जना

  • बुधबार, असार १७, २०७७
बाजुरामा कोरोना संक्रमित ४ सय ४० पुगे, छेडेदहमा पनि भेटिए

बाजुरा जिल्लामा कोरोना संक्रमितको संख्या ४ सय ४० पुगेको छ । बुधवार ५ बजे स्वास्थ्य कार्यलय बाजुराले निकालेको प्रेश बिज्ञप्तिमा ४ सय ४०संक्रमित पुगेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दया कृष्ण पन्तले बडिमालिका खबरलाई बताएका छन् ।
बुधवार मात्र बुढिनन्दा नगरपालिकामा २१ जनामा कोरोना पुष्टि भएको छ । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाले २१ जनामा कोरोना पुष्टि भएको जानकारी गराएको छ । त्यस्तै खप्तड छेडेदहका ७ जनामा कोरोना पुष्टि भएको छ, शिक्षण अस्पताल महाराजगञ्ले ७ जना पुष्टि भएको जनाएको छ ।
१ सय ५८ जना महिला र २ सय ८२ जना पुरुषमा संक्रमण देखिएको छ । ९ वटा स्थानिय तह मध्ये ८ वटा स्थानिय तहमा कोरोना संक्रमित बिरामीको पुष्टि भएको छ । हिमाली गाँउपालिकामा भने कोरोना संक्रमितको पुष्टि भएको छैन् ।
सबै भन्दा बढि बुढिगंगा नगरपालिकामा २ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै त्रिबेणी नगरपालिकामा १ सय ३, बडिमालिका नगरपालिकामा ५८ जना, बुढिनन्दामा २३ जना, गौमुल गाँउपालिकामा २२ जना, खप्तडछेडेदहमा ७ जना र स्वामिकार्तिक गाँउपालिकामा २ जना संक्रमित भएको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
१२ जना संक्रमित भने कोरोना जितेर घर फर्किसकेका छन् । त्यस्तै २ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । २ बर्षिय वालिकाको जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचार क्रममा मृत्यु भएको थियो । त्यस्तै क्वारेनटाइनमा आत्माहत्या गरेका पुरुषमा पनि कोरोना पुष्टि भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार