• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा ७ जना सहित सुदूरपश्चिममा थप २ सय ४१ जनामा कोरोना पुष्टि

बाजुरामा ७ जना सहित सुदूरपश्चिममा थप २ सय ४१ जनामा कोरोना पुष्टि

  • बुधबार, असार १७, २०७७
बाजुरामा ७ जना सहित सुदूरपश्चिममा थप २ सय ४१ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा आज थप दुई सय ४१ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, विर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी प्रयोगशालामा भएको परीक्षणमा आज दुई सय ४१ जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका १० महिला र ४९ पुरुष गरी ५९ जना, बझाङका चार महिला र १४ पुरुष गरी १८ जना, बाजुराका दुई महिला र पाँच पुरुष गरी सात जना, कैलालीका चार महिला र १० पुरुष गरी १४ जना र कञ्चनपुरका एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।

उनका अनुसार विर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा डोटीका सात महिला र ११ पुरुष गरी १८ जना, अछामका १५ महिला र ५१ पुरुष गरी ६६ जना, बाजुराका ६ महिला र १२ पुरुष गरी १८ जना, कैलालीका दुई महिला र ८ पुरुष गरी १० जना तथा कञ्चनपुरका दुई महिला र सात पुरुष गरी नौँ जनामा कोरोना पुष्टि भएको छ।

यता धनगढीमा भएको परीक्षणमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्पर ५ की ६० वर्षीया महिला, कैलारी गाउँपालिकाका ३६ वर्षीय पुरुष र बैतडीको दोगडाकेदार गाउँपालिकाका २० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार पछिल्लो २४ घण्टामा एक सय ४१ जनाको कोरोना परीक्षण भएको थियो। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई हजार सात सय बढि पुगेको छ। पुष्टि भएका सात जनाको मृत्यु भईसकेको छ भने चार सय ७९ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

चर्चामा

सम्बन्धित समाचार