बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • बर्गिय आन्दोलन चर्किदै गएको बेला

बर्गिय आन्दोलन चर्किदै गएको बेला

  • बुधबार, असार १७, २०७७
बर्गिय आन्दोलन चर्किदै गएको बेला

गजल!
नेता क्रान्ति भन्दै मनपरी कराए पछि,
युवाशक्ति हरु मर्न लाई नडराए पछि।

नेताहरु को पछि लागे भोका र नाङ्गा,
परिवर्तनका नाराहरु मन पराए पछि।

बर्गिय आन्दोलन चर्किदै गएको बेला
कोईराको काग भयो युवा मराए पछि।

छोरा गुमाएकी आमाले धरधरी आँसु,
उज्डेकै कोख अनि मुटुनै चराए पछि।

कसोगरी हुँन सक्छ क्रान्ती यो देशमा,
नृतित्व लाई बुजुर्वा सांसद गराए पछि।

उनैले उफ्रिदै भन्छन देश फिजि भयो,
अरु केहुन्छ देशमै बिदेशी भराए पछि।

गाउँ घर सबै सुनो थियो युवाहरु बिना,
थमाई राहदानी शमुन्दर नै तराए पछि।

अब सिति मिती हुँदैन क्रान्ती देश भित्र,
हिँजोको माहोल र सिधान्त हराए पछि।
सुरेशकुमार पान्डे।१-०७-२०२०,

चर्चामा

सम्बन्धित समाचार