शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • अछाममा मृत्यु पछि कोरोना पुष्टि

अछाममा मृत्यु पछि कोरोना पुष्टि

  • मङ्लबार, असार १६, २०७७
अछाममा मृत्यु पछि कोरोना पुष्टि

अछाममा मृत्यु पछि कोरोना भएकाे पुष्टि भएकाे छ । होम क्वारेन्टिमा बसिरहेको अवस्थामा मृत्यु भएका रामारोशन गाउँपालिका  ५ का ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए ।
मधुमेहका बिरामी भई नियमित औषधि सेवन गरिरहेका उनको यही असार १४ गते आइतबार वयालपाटा अस्पतालमा मृत्यु भएको हो। भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेका उनको रामारोशन गाउँपालिका वडा नं ५ को कैलाशेश्वर घट्टेखेती आधारभूत विद्यालयको क्वारेन्टिनमा १४ दिन बसी घर फर्केको ५ दिनमा मृत्यु भएको हो ।
असार ९ गते उनको आरडीटी परीक्षण गरी नेगेटिभ रिपोर्ट आएपछि ७ दिने होम क्वारेन्टाईनमा बस्ने गरी उनलाई घर पठाइएको रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिए । असार १३ गते राती एक्कासि उनमा श्वासप्रश्वास सम्बन्धी समस्या आएपछि उपचारका लागि बयालपाटा अस्पतालमा पुयाईएको थियो ।
मृत्यु पश्चात् उनी सँगै परिवारका अन्य २ जना बिरामी कुरुवा समेतको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणको लागि सेती प्रादेशिक अस्पतालमा पठाएकोमा उनको पोजेटिभ र अन्यको नेगेटिभ नतिजा आएको जनाइएको छ । मृतकको आइतबार नै सुरक्षित तरिकाले दाहसंस्कार गरिसकिएको छ ।

चर्चामा

सम्बन्धित समाचार