शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश १
  • उपत्यकामा १४ जनामा कोरोना संक्रमण, संक्रमितको कूल संख्या १३ हजार ५६४ पुग्यो

उपत्यकामा १४ जनामा कोरोना संक्रमण, संक्रमितको कूल संख्या १३ हजार ५६४ पुग्यो

  • मङ्लबार, असार १६, २०७७
उपत्यकामा १४ जनामा कोरोना संक्रमण, संक्रमितको कूल संख्या १३ हजार ५६४ पुग्यो

बितेको २४ घण्टामा नेपालमा थप ३१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं उपत्यकाकामात्रै १४ जना रहेका छन् । संक्रमितमा काठमाडौंका १२ जना, भक्तपुरका १ र ललितपुरका १ जना रहेका छन् ।

मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा उपत्यकाका १४ सहित थप ३१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

नयाँ संक्रमितमा ७१ महिला र २४५ रहेका छन् भने योसँगै देशभर कूल संक्रमितको संख्या १३ हजार ५६४ पु्गेको छ । यसैबीच बितेको २४ घण्टामा थप ६० जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । जसमा ९ महिला र ५१ पुरुष गरी ६० जना रहेका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ३ हजार १९४ जना पुगेको छ ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ११ जनाको कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म पीसीआर विधिबाट २ लाख २८ हजार ३ सय ४१ जनाको परीक्षण भएको छ ।यस्तै आरडिटी विधिबाट आजसम्म २ लाख ९७ हजार ८ सय ७१ जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा ५३ हजार ७० जना रहेका छन् । देशका विभिन्न अस्पतालमा १० हजार ३ सय ४१ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार