बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • देश
  • बुढिनन्दामा भेटिएका करङ हराएका पत्रकार तेजु खड्काको रहेको पुष्टि

बुढिनन्दामा भेटिएका करङ हराएका पत्रकार तेजु खड्काको रहेको पुष्टि

१ बर्ष पछि २ वटा करङ झोला र आईडी कार्ड भेटिएको थियो

  • मङ्लबार, असार १६, २०७७
बुढिनन्दामा भेटिएका करङ हराएका पत्रकार तेजु खड्काको रहेको पुष्टि

बुढिनन्दामा भेटिएको करङ २०७५ भदौ ९ गते बुढिनन्दामा बेपत्ता भएका पत्रकार तेजु खड्काको भएको पुष्टि भएको छ । २०७६ मंसिर महिनामा २ वटा करङ, झोला र आईडी कार्ड भेटिएको थियो ।
भेटिएको करङ नेपाल प्रहरीको केन्द्रिय बिधि बिज्ञान प्रयोगशालामा डिएनए परिक्षणका लागि पठाइएको थियो । प्रयोगशालाको रिपोटमा तेजु खडकाको मिल्दोजुल्दो भएको र उनकै करङ रहेको रिपोटमा पुष्टि भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख टंक प्रसाद भट्टराईले वताएका छन् ।
उनको खोजि गर्ने क्रममा १ बर्ष पछि २ वटा करङ, झोला र आइडि कार्ड भेटिएको थियो । पुष्टिका लागि प्रहरीले केन्द्रिय प्रयोगशाला पठाएको थियो, सोमबार उनकै भएको रिपोट आएको छ । बाजुराको प्रसिद्ध तिर्थस्थल बुढीनन्दा दर्शन गरी फर्किने क्रममा सम्पर्क विहीन बनेका थिए ।


दिपायल सिलगढी नगरपालिका १ तिखा घर भई रेडियो बुढीनन्दा बाजुरामा बजार ब्यबस्थापकको रुपमा काम गर्दै आएका थिए । २०७५ साल भाद्र ०९ गते बुढीनन्दामा लागेको मेलाबाट फर्कने क्रममा छाप्रे डाडाको बर माग्ने डाडाबाट सम्पर्क विहीन भएका थिए । १ बर्ष पछि पत्रकार खड्काको पर्स र लाईसेन्स जडिबुटी खोज्ने क्रममा स्थानीयले फेला पारे पछि प्रहरीलाई खवर गरेको थियो ।
प्रहरी घटना स्थलमा पुगेपछि पत्रकारको परिचयपत्र, ज्याकेट कालो कलरको टिसर्ट माटोले कलर छुट्याउन नसकिने, गुलावी कलरको झोला छातीको करङ २ वटा लगाएतका सामग्रीहरु फेला परेको प्रहरीले जनाएको थियो । आईडी कार्डहरुमा त नाम सहीत भएकोले खड्काको नै हो भन्ने भएपछि छातीको करङ खड्काको नै हो भन्ने अबस्था भएपछि डिएनए परिक्षणका लागि प्रहरीले काठमाडौ पठाएको थियो ।
खड्काको २०७५ साल भाद्र ११ गते ईलाका प्रहरी कार्यालय बुढीनन्दा बाजुराबाट ५ जना प्रहरी र २ जना पत्रकार र एकजना निज खड्काको साला गरी ८ जानको टोली खोजीको लागी गएको थियो । २०७५ साल भाद्र १२ गते प्रहरी चौकी बिछियाबाट प्रहरीको टोली खटिएको थियो । २०७५ साल भाद्र १३ गते जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा ८ जना प्रहरी टोली र १५ जना नेपाली सेनाको टोली खोजीको लागी गएको थियो केही पत्ता नलागेपछि १५ गते फिर्ता भएको थियो । त्यसै गरी २०७५ साल भाद्र १६ गते ईप्रका बुढिनन्दाबाट प्रसनिको टोली खटिईगएको थियो । २०७५ साल कार्तिक २७ गते नेपाली सेनाको हेलिकप्टरमा खड्काका आफन्त, प्रहरी र स्थानिय गई खोजी गरेको थियोे ।

चर्चामा

सम्बन्धित समाचार