बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • देश
  • बाजुरामा कोरोना संक्रमति वडा भेला, रोपाइ देखी विवाहको भोजमा सहभागि

बाजुरामा कोरोना संक्रमति वडा भेला, रोपाइ देखी विवाहको भोजमा सहभागि

  • सोमवार, असार १५, २०७७
बाजुरामा कोरोना संक्रमति वडा भेला, रोपाइ देखी विवाहको भोजमा सहभागि

बाजुरा जिल्लामा कोरोना संक्रमित कहाँ छन्, तिनिहरुको अबस्था के छ, के गरिरहेका कुनै जानकारी कसैले पनि गरेको छैन् । संक्रमितहरु घर पठाए सँगै उनिहरु वडा भेला देखी विवाहको पाटि र रोपाईमा भेटिने गरेका छन् ।
बाजुरामा जिल्लामा यो समचार तयार पर्दा सम्म ३ सय ४३ जना कोरोना संक्रमित देखा परेका छन् । २ बर्षिय वालिकाको जेठ १८ गते मृत्यु भइसकेको छ । ३ सय ११ मध्ये अधिकांश गाँउ डुलिरहेका छन्, । बुढिगंगा नगरपालिका १ को सोमवारको वडा भेलामा एकजना कोरोना संक्रमित वडा भेलामै सहभागि भएको स्थानियले वताएका छन् । स्थानिय भुबन उपाध्यायका अनुसार संक्रमित सबैको बिचमा आएर सहभागित थिए, अब केही भनौ त्यहाँ अर्को परिस्थीति आउने भएकाले केही नभनेको वताएका छन् ।
कोहि संक्रमित रोपाइमा ब्यस्त छन्, गाँउका सार्वजनिक काममा सहभागि छन्, कसैलाई मतलब समेत नभएको बडिमालिका ५ का बिर्ख साउदले वताएका छन् । बुढिगंगा नगरपालिका वडा नम्बर ५ मा एकजना कोरोना संक्रमति बिहे भोजमा नै सहभागि भएका थिए । उनलाई किन आएको भनिरहँदा उनले आफुलाई कुनै लक्षण देखा नपरेको केही नभएकोले आएको बताएका छन् । उनि जस्तै बाजुराका कोरोना संक्रमितहरु रोपाइ देखी सार्वजनिक काममा सहभागि हुने गरेको छ । योजनाहरुको काममा समेत सहभागिता हुने गरेको पाईएको छ ।
घरमा होम आइसोलेन बस्ने गरी कागज बनाएको भएपनि उनिहरु भने गाँउ डुलिरहेका छन् । घरमा आइसोलेसनको मापदण्ड केही पुरा छैन्, सबैको धारो शौचालय एउटै रहेको छ, गाँउमा कुनै सामाजकि दुरी नभएको स्थानियले वताएका छन् ।
स्वास्थ्य कार्यलय बाजुरामा प्रमुख दयाकृष्ण पन्तले भने १४ दिन सम्म क्वारेनटाइनमा बसेका तर लक्षण कुनै देखा नपरेकालाई घर पठाउने निर्देशिका अनुसार घर पठाएको वताएका छन् । सबैलाई घरमा होम क्वारेनटाइनमा बस्ने गरी घर पठाएको पन्तले वताएका छन् । ३ सय ४३ जना संक्रमित भेटिएका छन् । अधिकांश संक्रमित गाँउमा रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले भने घरमै अलगै आइसोलेसनमा बस्नु पर्ने हो, घरमै गएर सबैको सम्पर्कमा रहेको भने निकै जोखिम रहेको वताएका छन् । स्थानिय तहले स्वास्थ्यकर्मी मार्फत तिनिहरुको अबस्था बुझन जानकारी गर्न लगाएको गैरेले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार