शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, केही घाइते

नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, केही घाइते

  • सोमवार, असार १५, २०७७
नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, केही घाइते

सर्लाहीको धनकौल गाउँपालिकामा स्थानीय नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा गोली चलेको भनिएको छ । यद्यपि, प्रहरीले हालसम्म गोली चलेको पुष्टि गरिसकेको छैन ।

हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, सर्लाही र जिल्लास्थित सशस्त्र प्रहरी बलको टोली पुगेको छ । प्रारम्भिक विवरण अनुसार गोलीको छर्रा लागेर केही व्यक्ति घाइते भएका छन् । सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले सानो निहुँबाट भएको झगडा राजनीतिकरण भएर ठूलो रुप लिएको बताए ।

उनले अनलाइनखबरसँग भने, ‘एक–दुई जनाबाट झगडा सुरु भएको झगडाले उग्ररुप लिएको हो । एक दर्जनभन्दा बढी घाइते भएका छन् । अहिले स्थिति नियन्त्रणमा छ ।’घटनामा केही व्यक्तिलाई गोलीको छर्रा लागेको उनले जानकारी दिए । तर, कुन पक्षबाट गोली प्रहार भएको भन्ने स्पष्ट भइनसकेको जिसीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रमुख एसपी विश्वमणि पोखरेलले भने घटनाबारे बुझ्ने काम भइरहेको अनलाइनखबरलाई बताए ।घाइतेमध्ये धेरै कांग्रेस कार्यकर्ता रहेको स्थानीय बताउँछन् । साथै, गोली पनि कांग्रेसकै समूहबाट प्रहार भएको स्थानीयको दाबी छ ।

अधिकांशको ढाडमा गोली लागेको एक प्रहरी अधिकृतले बताए । उनका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको छ ।सबैलाई उपचारका लागि एम्बुलेन्समा राखेर अस्पताल लगिएको छ । धनकौल कांग्रेस सांसद अमरेश कुमार सिंहको निर्वाचन क्षेत्र हो ।

चर्चामा

सम्बन्धित समाचार