शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • अस्पतालका अध्यक्षले ढाँटे, मेसिन अझै सञ्चालनमा आउन सकेन

अस्पतालका अध्यक्षले ढाँटे, मेसिन अझै सञ्चालनमा आउन सकेन

  • सोमवार, असार १५, २०७७
अस्पतालका अध्यक्षले ढाँटे, मेसिन अझै सञ्चालनमा आउन सकेन

अस्पताललाई ह्युम्यानीटी फाउन्डेसन नेपालले खरिद गरी हस्तान्तरण गरिएको भनिएको पीसीआर मेसिन अझै सञ्चालनमा आउन सकेको छैन्।

मेसिनका सबै उपकरण डडेल्धुरा नपुग्दा जडानको काम समेत सुरु नभएको खुलेको छ। ‘ल्याबको सामाग्री पुगेको थिएन, हिजो पीसीआर मेसिन पुग्यो। अन्य सामान आइरहेका छन्। आज पुग्छ होला।’ अस्पतालका मेकिडल सुपरीटेन्डेन्ट डाक्टर जगदिशचन्द्र विष्टले भने, ‘इन्जिनीयर पनि आज आउनुहुन्छ। जडान गरेर हस्तान्तरण गरेपछि सञ्चालनमा ल्याउँछौँ।’

यसअघि प्रयोगशालाका सबै उपकरण नआएका कारण जडानको काम नथालिएको मेसु विष्टले बताए। तर डडेल्धुरा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष करुणाकर ओझाले भने यसअघि ९ असारमै पीसीआर मेसिन जडानको काम सुरु भइसकेको बताएका थिए।

सोमबार समेत उनले दिनेश खबरसँग ७५ प्रतिशत जडानको काम सम्पन्न भइसकेको दावी गरे। तर उपकरण नै आईनपुगेका बेला कसरी जडान गर्नुभयो ? भन्ने प्रश्नमा ओझाले भने, ‘होईन् हामीले डडेल्धुरा पुगाएका उपकरण जडान गरिसकेका छौँ। केही सामान आउँदैछ त्यसैले म धनगढीमै छु।’

यसअघि अध्यक्ष ओझाले गत सोमबारदेखि नै मेसिन जडानको काम सुरु भईसकेकाले एक हप्ता भित्रै सञ्चालनमा आउने दावी गरेका थिए।

ह्युम्यानिटी फाउन्डेसन नेपालले खरिद गरी पिसीआर मेसिन डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरिसकेको दावी गरेको थियो। तर अझै सबै उपकरण डडेल्धुरा नपुगाइएको हो।

चर्चामा

सम्बन्धित समाचार